6 months ago
July 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’ बाट नेपाल र उज्वेकिस्तान फाइनलमा पुने दाबेदारीमा रहेका छन्।
नेपाल र उज्वेकिस्तानले दुई खेलको समाप्तिमा समान ६ अंक छ। अंक सँगै गोल अन्तर समेत समान रहेको छ। नेपाल र उज्वेकिस्तान दुवैले २ खेलमा १७ गोल गरेका थिए।
अब शनिवार हुने खेलमा दुवै टिमलाई स्पस्ट जित जरुरी छ। त्यसैले दुवै टिम एक-एक जित टाढा छन्। निर्धारित ९० मिनेटमा जसले जित निकाल्छ। सोही टिम एसियन कपमा छनोट हुनेछ।
यदि ९० मिनेटमा नतिजा आएन भने प्रतियोगिताको रेगुलेसन अनुसार सीधै पेनाल्टी सुट आउट हुनेछ। त्यसैले छनोटको लागि दुवै टोलीलाई स्पष्ट जित जरुरी हुनेछ।
नेपालले पहिलो खेलमा लाओसलाई ९-० ले दोस्रो खेलमा श्रीलंकालाई ८-० गोल अन्तरले हरायो। घरेलु टोली उज्वेकिस्तानले पहिलो खेलमा श्रीलंकालाई १०-० ले र दोस्रो खेलमा लाओसलाई ७-० ले माथ दिन सफल रहयो।
यो समूहबाट लाओस र श्रीलंकाको संभावना समाप्त भैसकेको छ। उनीहरूबीचको दुई खेलमा फराकिलो अन्तरको हार बेहोरेका छन्।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]