default_image

6 months ago

July 3, 2025

एन्फा यु-१६ लिग भोलि सुरु हुँदै, विजेतालाई १ लाख

648 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) दएको आयोजना एन्फा यु-१६ युथ लिग भोलि सुरु हुँदैछ। लिगमा १४ ए-डिभिजन क्लबको सहभागिता रहनेछ।

लिग विजेता टोलीले नगद १ लाख र दोस्रो टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्ने बिहीवार पत्रकार सम्मेलनमा एन्फाले जानकारी दिएको छ।

उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई जनही १५ हजार रुपैयाँ प्रदान गरिनेछ ।लिग डबल राउन्ड रोबिन प्रणालीमा हुनेछ।

फिफाको ट्यालेन्ट डेभलपमेन्ट स्किम अन्तर्गत आयोजना हुने यस लिगको सम्पूर्ण तयारी पूरा भएको एन्फाले जनाएको छ। प्रतियोगिताका खेलहरू एन्फा कम्प्लेक्सको मैदानमा हुनेछ।

सहभागी हरेक टोलीलाई तयारीका लागि एन्फाले ३ लाख ५० हजार रुपैयाँ प्रदान गरेको छ। प्रतियोगिताको अनुमानित बजेट १ करोड २ लाख ३६ हजार रुपैयाँ रहेको एन्फाले जनाएको छ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.