5 months ago
July 5, 2025
एजेन्सी – इङ्ग्लिस क्लब चेल्सीले फिफा क्लब विश्वकप फुटबलको फाइनल प्रवेशका लागि ब्राजिलको फ्लुमिनेससँग भेट पक्का गरेको छ ।
शनिबार विहान भएको क्वाटरफाइनल खेलमा ब्राजिलकै पाल्मेइरासलाई २-१ गोल अन्तरले हराउँदै चेल्सीले अन्तिम ४ मा फ्लमिनेससँगको भेट पक्का गरेको हो ।
चेल्सीको जितमा कोल पाल्मरले एक गोल गर्दा एक गोल उपहार पाएको थियो । पाल्मेइरासका एस्तिभाओले गरेको गोल सान्त्वना बन्यो ।
खेलको १६औं मिनेटमा पाल्मरले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ५३औं मिनेटमा एस्तिभाओले गोल गरेपछि पाल्मेइरास खेलमा फर्कियो ।
खेलको अन्तिम समयतिर पाल्मेइरासका लागि वेभर्टनबाट आत्मघाती गोल भएपछि चेल्सी विजयी भयो ।
आजै भएको पहिलो क्वाटरफाइनलमा साउदी क्लब अल हिलालमाथि फ्लुमिनेसले जित हात पारेको थियो । चेल्सी र फ्लुमिनेसबीचको सेमिफाइनल खेल बुधबार हुनेछ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]