5 months ago
July 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली महिला फुटबल टोली आज उज्वेकिस्तानमा एएफसी एसियन कप छनोटको तेस्रो तथा अन्तिम खेल घरेलु टोली विरुद्ध उत्रने तयारीमा छ ।
यसअघि दुवै खेल जितेका नेपाल र उज्वेकिस्तानको एकअर्कासँग प्रतिस्पर्धा गर्नुअघि समान ६ अंक र १७ गोल छ । एसियन कप २०२६ छनोट हुनका दुवै टोलीका लागि यो अन्तिम अवसर हो ।
त्यसअर्थ आज राति नेपाली समयअनुसार ९:१५ बजे सुरु हुने खेल फाइनल सरह हुनेछ। दुवै टोलीको एक मात्र लक्ष्य जितसँगै एसियन कप छनोट नै हो। बराबरी भएको अवस्थामा टाइब्रेकरमा पुगेर पनि आजको खेलमा नतिजा निकाल्नु पर्ने हुन्छ।
आज जित निकालेमा नेपालको लागि अवसरका अरु ढोका पनि खुल्नेछ। आज जित नेपालको पक्षमा आएको खण्डमा २६ वर्षपछि महिला टोलीले एसियन कप खेल्नेछ।
यति मात्र होइन । एसियन कपमा पुग्नु भनेको फिफा महिला विश्वकप र सन् २०२८ को ओलम्पिकमा समेत पुग्ने बाटो खोल्नु हो।
अर्का वर्ष अस्ट्रेलियामा हुने एसियन कप त्यसपछि सन् २०२७ मा ब्राजिलमा आयोजना हुने विश्वकपको छनोट पनि हो। एसियन कप खेल्ने १२ मध्ये शीर्ष ६ टोली फिफा महिला विश्वकपमा स्थान बनाउनेछ। त्यसैले आजको जित नेपाली महिला फुटबलको भविष्यसँग जोडिएको छ।
विश्व कपसँगै सन् २०२८ को ओलम्पिकको लागि पनि छनोटको रुपमा एसियन कप रहेको छ। त्यसैले आजको एक जितले एसियन कप, विश्व कप र ओलम्पिक छनोटको ढोका खुल्नेछ।
आजको हारको अर्थ नेपाली महिला फुटबल टोलीले धेरै अवसर गुमाउनेछ । त्यसपछि केहि वर्ष नेपालले दक्षिण एसियाली फुटबलमा नै सिमित हुनुपर्नेछ।
जितले सम्भावनाको ढोका खोल्नेछ भने हारले प्रतिक्षाको कथा लेखिनेछ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]