5 months ago
July 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली महिला फुटबल टोली आज उज्वेकिस्तानमा एएफसी एसियन कप छनोटको तेस्रो तथा अन्तिम खेल घरेलु टोली विरुद्ध उत्रने तयारीमा छ ।
यसअघि दुवै खेल जितेका नेपाल र उज्वेकिस्तानको एकअर्कासँग प्रतिस्पर्धा गर्नुअघि समान ६ अंक र १७ गोल छ । एसियन कप २०२६ छनोट हुनका दुवै टोलीका लागि यो अन्तिम अवसर हो ।
त्यसअर्थ आज राति नेपाली समयअनुसार ९:१५ बजे सुरु हुने खेल फाइनल सरह हुनेछ। दुवै टोलीको एक मात्र लक्ष्य जितसँगै एसियन कप छनोट नै हो। बराबरी भएको अवस्थामा टाइब्रेकरमा पुगेर पनि आजको खेलमा नतिजा निकाल्नु पर्ने हुन्छ।
आज जित निकालेमा नेपालको लागि अवसरका अरु ढोका पनि खुल्नेछ। आज जित नेपालको पक्षमा आएको खण्डमा २६ वर्षपछि महिला टोलीले एसियन कप खेल्नेछ।
यति मात्र होइन । एसियन कपमा पुग्नु भनेको फिफा महिला विश्वकप र सन् २०२८ को ओलम्पिकमा समेत पुग्ने बाटो खोल्नु हो।
अर्का वर्ष अस्ट्रेलियामा हुने एसियन कप त्यसपछि सन् २०२७ मा ब्राजिलमा आयोजना हुने विश्वकपको छनोट पनि हो। एसियन कप खेल्ने १२ मध्ये शीर्ष ६ टोली फिफा महिला विश्वकपमा स्थान बनाउनेछ। त्यसैले आजको जित नेपाली महिला फुटबलको भविष्यसँग जोडिएको छ।
विश्व कपसँगै सन् २०२८ को ओलम्पिकको लागि पनि छनोटको रुपमा एसियन कप रहेको छ। त्यसैले आजको एक जितले एसियन कप, विश्व कप र ओलम्पिक छनोटको ढोका खुल्नेछ।
आजको हारको अर्थ नेपाली महिला फुटबल टोलीले धेरै अवसर गुमाउनेछ । त्यसपछि केहि वर्ष नेपालले दक्षिण एसियाली फुटबलमा नै सिमित हुनुपर्नेछ।
जितले सम्भावनाको ढोका खोल्नेछ भने हारले प्रतिक्षाको कथा लेखिनेछ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]
December 11, 2025
एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]
December 11, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा रियल मड्रिडलाई २–१ ले हराउँदै महत्वपूर्ण जित हात पार्यो। खेलमा पहिला रियलले अग्रता लिए पनि सिटीले पहिलो हाफमै खेलमा पुनरागमन गरेको थियो। रियलका रोड्रिगोले २८औँ मिनेटमा गोल गर्दै टोलीलाई १-० ले अघि बढाए। त्यसअघि रियललाई दिइएको पेनाल्टी भने भिएआरले हेरेर खारेज गरिदियो। तर त्यसपछि रियल कमजोर देखियो। ३५ औं […]