default_image

5 months ago

July 5, 2025

झापामा सर्वाधिक धनराशीको महिला फुटबल हुने

1612 views

0 Bookmark

हिमाल खरेल,बिर्तामोड

झापाको शिवसताक्षी नगरपालिकामा नेपालकै सर्वाधिक धनराशीको महिला फुटबल प्रतियोगिता हुने भएको छ । शिवसताक्षीस्थित नवनिर्मित दुधे रंगशालामा प्रतियोगिता हुनेछ ।

विजेताले कम्तिमा नगद १० लाख रुपैयाँ प्राप्त गर्ने चर्चा भए पनि आयोजकले पुरस्कारबारे टुंगो नलागेको जनाएको छ । आयोजक झापा महिला गोल्डकप समितिका अध्यक्ष सन्तोष थोप्राका अनुसार प्रतियोगिता कात्तिक १५ गतेदेखि हुनेछ ।

नगरपालिकाको लगानीमा निर्माण भएको दुधे रंगशाला पूर्वकै सबैभन्दा धेरै दर्शक क्षमताको रहेको जनाइएको छ । रंगशालाको काम पनि अन्तिम चरणमा पुगेको बताइएको छ ।

प्रतियोगितामा ८ टोलीको सहभागिता रहने अध्यक्ष थोप्राले जानकारी दिए । नेपालका ६ तथा भुटान र भारतका एकएकवटा टोलीले सहभागिता जनाउनेछन् ।

झापामा पुरुष फुटबल प्रतियोगिताजस्तै महिला फुटबललाई पनि ब्रान्डका रुपमा स्थापित गर्न झापा महिला गोल्डकप आयोजना गर्न लागिएको हो ।

नगरपालिकाको २५ लाख
यसैबीच, झापा महिला गोल्डकप सञ्चालनका लागि स्थानीय शिवसताक्षी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२- ८३ मा २५ लाख रुपैयाँ विनियोजन गर्ने भएको छ ।

नगरपालिका र वडा कार्यालयहरुले २५ लाख रुपैयाँ बजेट छुट्याउने जनाएका हुन् । त्यस्तै, प्रतियोगिताका लागि मुख्य प्रायोजक र प्रयोजकको रुपमा औद्योगिक गृहहरुको खोजी भइरहेको अध्यक्ष थोप्राले बताए ।

प्रतियोगितामा जोडिन विदेशमा रहेका झापालीहरु पनि उत्सुक रहेको बताइएको छ । प्रतियोगिताका लागि आयोजक समिति गठन भइसकेको छ भने प्राविधिक कामको तयारी सुरु गरिएको समितिले जनाएको छ । रंगशालाको स्तरोन्नति पनि भइरहेको छ ।

December 11, 2025

वसन्त गौचन फुटबल एकेडेमीले क्याम्प गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]

December 11, 2025

आर्सनलको‌ लगातार जित

एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]

December 11, 2025

म्यानचेस्टर सिटीसँग रियल म्याड्रिड पराजित

एजेन्सी – म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा रियल मड्रिडलाई २–१ ले हराउँदै महत्वपूर्ण जित हात पार्यो। खेलमा पहिला रियलले अग्रता लिए पनि सिटीले पहिलो हाफमै खेलमा पुनरागमन गरेको थियो। रियलका रोड्रिगोले २८औँ मिनेटमा गोल गर्दै टोलीलाई १-० ले अघि बढाए। त्यसअघि रियललाई दिइएको पेनाल्टी भने भिएआरले हेरेर खारेज गरिदियो। तर त्यसपछि रियल कमजोर देखियो। ३५ औं […]

Success

Thank you for your time.