default_image

5 months ago

July 5, 2025

झापामा सर्वाधिक धनराशीको महिला फुटबल हुने

1616 views

0 Bookmark

हिमाल खरेल,बिर्तामोड

झापाको शिवसताक्षी नगरपालिकामा नेपालकै सर्वाधिक धनराशीको महिला फुटबल प्रतियोगिता हुने भएको छ । शिवसताक्षीस्थित नवनिर्मित दुधे रंगशालामा प्रतियोगिता हुनेछ ।

विजेताले कम्तिमा नगद १० लाख रुपैयाँ प्राप्त गर्ने चर्चा भए पनि आयोजकले पुरस्कारबारे टुंगो नलागेको जनाएको छ । आयोजक झापा महिला गोल्डकप समितिका अध्यक्ष सन्तोष थोप्राका अनुसार प्रतियोगिता कात्तिक १५ गतेदेखि हुनेछ ।

नगरपालिकाको लगानीमा निर्माण भएको दुधे रंगशाला पूर्वकै सबैभन्दा धेरै दर्शक क्षमताको रहेको जनाइएको छ । रंगशालाको काम पनि अन्तिम चरणमा पुगेको बताइएको छ ।

प्रतियोगितामा ८ टोलीको सहभागिता रहने अध्यक्ष थोप्राले जानकारी दिए । नेपालका ६ तथा भुटान र भारतका एकएकवटा टोलीले सहभागिता जनाउनेछन् ।

झापामा पुरुष फुटबल प्रतियोगिताजस्तै महिला फुटबललाई पनि ब्रान्डका रुपमा स्थापित गर्न झापा महिला गोल्डकप आयोजना गर्न लागिएको हो ।

नगरपालिकाको २५ लाख
यसैबीच, झापा महिला गोल्डकप सञ्चालनका लागि स्थानीय शिवसताक्षी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२- ८३ मा २५ लाख रुपैयाँ विनियोजन गर्ने भएको छ ।

नगरपालिका र वडा कार्यालयहरुले २५ लाख रुपैयाँ बजेट छुट्याउने जनाएका हुन् । त्यस्तै, प्रतियोगिताका लागि मुख्य प्रायोजक र प्रयोजकको रुपमा औद्योगिक गृहहरुको खोजी भइरहेको अध्यक्ष थोप्राले बताए ।

प्रतियोगितामा जोडिन विदेशमा रहेका झापालीहरु पनि उत्सुक रहेको बताइएको छ । प्रतियोगिताका लागि आयोजक समिति गठन भइसकेको छ भने प्राविधिक कामको तयारी सुरु गरिएको समितिले जनाएको छ । रंगशालाको स्तरोन्नति पनि भइरहेको छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.