default_image

5 months ago

July 5, 2025

नेपालको प्लेइङ ११ मा एक परिवर्तन, प्रीतिको ठाउँमा पूजा

3700 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- उज्वेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोटको तेस्रो तथा अन्तिम खेलको लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीको प्लेइङ ११ सार्वजनिक भएको छ।

श्रीलंकासँग खेलेको पहिलो रोजाइमा एक जना मात्र परिवर्तन गरिएको छ । प्रशिक्षक प्याट्रिक डि वाइल्डले
रक्षापंक्तिलाई मजबुत बनाउन राइट ब्याक पूजा रानाले मौका पाउँदा मिडफिल्डर प्रीति राईलाई बेन्च राखेका छन् ।

यसअघि समूहका दुवै खेल जितेका नेपाल र उज्वेकिस्तानको एकअर्कासँग प्रतिस्पर्धा गर्नुअघि समान ६ अंक र १७ गोल छ । एसियन कप २०२६ छनोट हुनका दुवै टोलीका लागि यो अन्तिम अवसर हो ।

त्यसअर्थ आज राति नेपाली समयअनुसार ९:१५ बजे सुरु हुने खेल फाइनल सरह हुनेछ। दुवै टोलीको एक मात्र लक्ष्य जितसँगै एसियन कप छनोट नै हो। बराबरी भएको अवस्थामा टाइब्रेकरमा पुगेर पनि आजको खेलमा नतिजा निकाल्नु पर्ने हुन्छ।

यी दुई टोलीबीचको यो चौथो हुनेछ। तर यसअघि तीनपल्ट उज्वेकिस्तानसँग नेपाल पराजित भएको छ। तर, आजको जितले भने कथा बदल्न सक्छ। सन् १९९९ पछि पहिलो पटक एएफसी महिला एसियन कपमा नेपालको प्रवेशको ढोका यही खेलले खोल्न सक्छ।

नेपाल र उज्वेकिस्तानबीचको ‘हेड टु हेड’ इतिहास उज्वेकिस्तानको पकडमा देखिन्छ। दुवै राष्ट्रबीच अहिलेसम्म ३ खेल भएका छन् । जसमा सबै खेल उज्वेकिस्तानले जितेको छ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.