5 months ago
July 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोली सोमवार बिहान स्वदेश आइपुग्ने भएको छ।
उज्वेकिस्तानमा एएफसी महिला एसियन कप छनोट चरण खेलेर नेपाली टोली फर्कन लागेको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोली भोलि बिहान ८ बजे एयर अरेबियाबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नेछ। टोली उज्वेकिस्तानबाट आजै नेपालका लागि निस्केको हो।
तेस्रो तथा अन्तिम खेलमा उज्वेकिस्तानसँग पेनाल्टी सुटआउटमा ४-२ ले पराजित भएपछि नेपालको छनोट यात्रा टुंगिएको थियो।
पहिलो हाफमा ३-१ ले पछि परेको अवस्थाबाट नेपाल निर्धारित ९० मिनेटमा नेपाल ३-३ को बराबरी गर्न सफल भएको थियो।

कप्तान सावित्रा भण्डारी ‘साम्बा’ ले पहिलो हाफमा एक गोल गर्दै टोलीलाई खेलमा फर्काउने संकेत गरेकी थिइन्। दोस्रो हाफमा १ मिनेटको फरर्कमा गोल गर्दै नेपालले खेलमा पुनरागमन गरेको थियो। ७१ औं मिनेटमा गीता रानाले गोल गरेको अर्को मिनेटमा साम्बाले बराबरी गोल फर्काएकी थिइन् ।
तर, पेनाल्टी सुटआउटमा नेपाली टोली अभागी रह्यो। पहिलो खेलमा लाओसलाई ९-० र दोस्रो खेलमा श्रीलंकालाई ८-० ले हराउँदै छनोटमा नेपालले बलियो दाबेदारी प्रस्तुत गरेको थियो। दुर्भाग्य यो पटक पनि टोलीलाई सफलता मिलेन।
समूह ‘एफ’ बाट उज्वेकिस्तान अर्को वर्ष अस्ट्रेलियामा हुने एसियन कपका लागि छनोट भयो।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]