5 months ago
July 8, 2025
एजेन्सी – रियल म्याड्रिडका मिडफिल्डर लुका मोड्रिच इटालियन क्लब एसी मिलान जाने भएका छन् ।
अमेरिकामा जारी क्लब विश्व कपपछि मोड्रिच आफ्नो क्लबमा आबद्ध हुने एसी मिलानका प्रशिक्षक मासिमिलियानो अल्लेग्रीले बताएका छन् ।
क्रोएसियाका कप्तान ३९ वर्षीय मोड्रिचले मेमा क्लब विश्व कप छाड्ने घोषणा गरेका थिए । उनले स्पेनिस क्लब रियलमा १३ वर्ष बिताएका छन् ।
मिलानमा दोस्रो कार्यकाल सुरु गर्ने क्रममा रहेका ५७ वर्षीय अल्लेग्रीले आफ्नो पहिलो पत्रकार सम्मेलनमा भने, ‘मोड्रिच अगस्टमा मिलान आइपुग्नेछन्। उनी असाधारण खेलाडी हुन्।’
मोड्रिचले क्लब विश्वकपमा रियलका लागि ५ पटक विकल्प खेलाडीको रूपमा मैदानमा उत्रिएका छन् । जसमा बोरुसिया डर्टमुन्डविरुद्धको ३-२ को जित पनि समावेश छ । रियलले पेरिस सेन्ट-जर्मेन (पिएसजी) सँग क्लब विश्व कपको सेमिफाइनल खेल्नेछ।
२०१८ को बालोन डि’ओर विजेता मोड्रिचले सन् २०१२ मा टोटेनह्यामबाट रियल गएपछि क्लबका लागि २८ उपाधि जितेका छन् । जसमा ६ च्याम्पियन्स लिग र ४ ला लिगा उपाधि छन्।
मोड्रिचले २०२६ को विश्वकप खेल्न चाहनालाई पूरा गर्ने सम्भावनालाई बढाउन नयाँ सिजन पुनः उच्च स्तरमा फुटबल खेल्ने इच्छा राखेको अनुमान गरिएको छ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]