default_image

5 months ago

July 9, 2025

चेल्सी क्लब विश्वकपको फाइनलमा

3475 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब चेल्सीले ब्राजिलको फ्लुमिनेन्सलाई हराउँदै फिफा क्लब विश्वकपको फाइनलमा स्थान पक्का गरेको छ ।

गत साता मात्र ब्राइटनबाट लन्डन क्लब भित्रिएका ब्राजिलियन फरवार्ड जोआओ पेड्रोको उच्च प्रदर्शनमा चेल्सीले २-० को जित दर्ता गरेको हो । फ्लुमिनेन्सको एकेडेमी हुँदै व्यावसायिक फुटबल करिअर सुरुवात गरेका पेड्रोले पूर्वक्लबविरुद्ध चेल्सीका लागि दुवै गोल गरेका थिए ।

१८ औं मिनेटमा पेनाल्टी क्षेत्र बाहिरबाट उनले गरेको प्रहार गोल भएको थियो । चेल्सीको जर्सीमा पेड्रोले पहिलो पटक सुरुवाती रोजाइमा खेलेका थिए । फरवार्ड लियाम डेलाप दोस्रो पहेंलो कार्डका कारण निलम्बनमा परेसँगै पेड्रोले सुरुवात गर्ने अवसर पाएका थिए ।

उनले दोस्रो हाफको ५६ औं मिनेटमा दोस्रो गोल गरे । एन्जो फर्नान्डेजको पासलाई उनले शक्तिशाली प्रहारमा गोल गरेका थिए । फ्लुमिनेन्सले अन्त्यतिर पाएका अवसर सदुपयोग गर्न नसक्दा अपराजित यात्रामा पूर्णविराम लाग्यो ।

बुधबार हुने दोस्रो सेमिफाइनलमा पेरिस सेन्ट जर्मेन र रियल म्याड्रिड खेल्नेछन् । फाइनल आइतबार हुनेछ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.