default_image

5 months ago

July 9, 2025

प्रशिक्षक डे वाइल्डकै कारण समस्या भएको अफिसियलको दाबी

1766 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी महिला एसियन कप छनोटमा टोलीमा समस्या आउनुको मुख्य कारण प्रशिक्षक प्याट्रिक डे वाइल्ड रहेको टोलीका अन्य अफिसियल आरोप लगाएका छन्।

हेड अफ डेलिगेट्स रहेकी अखिल नेपाल फुटबल संघ (एन्फा) की केन्द्रीय सदस्य सरिला श्रेष्ठ मालेकु, व्यवस्थापक विन्द्रा देवान, सहायक प्रशिक्षक राजेन्द्र तामाङ र प्राविधिक निर्देशक हरि खड्काले आज संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै डे वाइल्डकै कारण समन्वयमा समस्या रहेको बुझाउन कोशिस गरे।

डे वाइल्डले व्यवस्थापनमा कमजोरी, खेलाडीप्रतिको बेवास्ता र आधारभूत सुविधा नपाएको भन्दै आरोप लगाएका थिए ।

हेड अफ डेलिगेट्स श्रेष्ठले आफूहरुलाई सावित्रा भण्डारी ‘साम्बा’कप्तान हुँदा कुनै समस्या नभएपनि समयमा मुख्य प्रशिक्षकले कप्तानको नाम जानकारी नदिदा लाओसको खेलअघि केही तनाब भएको स्वीकार गरिन् ।

‘प्रशिक्षकले खेल सुरु हुनुभन्दा ९० मिनेट अगाडि सम्म नाम दिनुभएन । एन्फामा नाम पठाउन समयको दबाब भइरहेको थियो । हामीलाई प्लेइङको नाम दिएपनि त्यसमा कप्तान तोकिएको थिएन्, उनले भनिन्, ‘उहाँले नाम नदिएपछि विगतको परम्परा अनुसार सिनियर खेलाडीका‌ आधारमा रेनुका नगरकोटेलाई कप्तान भनेर पठायौं । त्यहि अनुसार रेनुकालाई आर्म ब्यान्ड लगाइदिँदा त्यसमा प्रशिक्षकले आपत्ति जनाउनुभयो। साम्बा नै कप्तान हुनुपर्ने भन्नुभयो।‌ विवाद नबढोस् भन्ने चाहनाना खेलाडीले पनि साम्बालाई नै दिम् भनेसी हामीले केही भनें । विन्द्रा जीले आर्मी बान्ड साम्बा लाई लाई दिनुभयो । एएफसीको मान्छेले एक जनाको‌ नाम अर्कोले आर्म ब्यान्ड लगाएको छ भनेर प्रश्न गर्दा नि उहाँले त्यसलाई वेवास्ता गर्नुभयो।’

उज्वेकिस्तान जानुअघि नै कप्तानको घोषणा गरेर जानुपर्छ भन्ने सल्लाहलाई पनि उनले नमानेको श्रेष्ठको भनाई थियो।

श्रेष्ठले साम्बा कप्तान हुनु सबैको लागि गर्वको विषय भएको जनाउँदै तर प्रशिक्षकले नाम लुकाउनुले यो विवाद आएको दाबी गरिन् । यसमा टोली व्यस्थापकको कुनै गल्ती नभएको उनले बताइन् ।‌

उज्वेकिस्तानबाट बेल्जियम फर्केका प्रशिक्षक वाइल्डले एन्फालाई पठाएको पत्रमा भने त्यसको ठीक विपरीत आफूले व्यवस्थापकलाई नाम होटलबाट निकल्ने बेला लिफ्टमा नै भनेको दाबी गरेका थिए । व्यस्थापक र हेड अफ डेलिहेट्सले रनेुकाको नाम पठाएकोले खेल सुरु हुनु अगाडि कप्तानको विषयमा चर्काचर्की परेको उनले पत्रमा उल्लेख गरेका थिए।‌

एन्फाका प्राविधिक हरि खड्काले डे वाइल्डले असन्तुष्टि पहिले एन्फासँग राख्नुपर्नेमा जोड दिए । प्रशिक्षकले आफूलाई पत्र पठाएको स्मरण गर्दै उनलाई अहिले आफ्नोे लक्ष्यमा केन्द्रित हुने सुझाव दिएपछि त्यसलाई स्वीकार गरेको पनि खड्काले बताए ।

सहायक प्रशिक्षक तामाङले प्रो लाइसेन्स प्रशिक्षकसँग सिक्नका लागि आफू‌ उनको सहायक बनेको बताए । उनले उज्वेकिस्तान जानुअघि साम्बा र गीता राना मध्ये एकलाई आफूले कप्तान बताउन चाहेको बताएको स्मारण गरे।

व्यवस्थापक देवानले प्रशिक्षकको काममा आफूहरुले दख्खल नदिएको र टोलीको आवश्यकता अनुसारको व्यवस्थापन गरेको बताइन् ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.