default_image

5 months ago

July 9, 2025

प्रशिक्षक डे वाइल्डकै कारण समस्या भएको अफिसियलको दाबी

1759 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी महिला एसियन कप छनोटमा टोलीमा समस्या आउनुको मुख्य कारण प्रशिक्षक प्याट्रिक डे वाइल्ड रहेको टोलीका अन्य अफिसियल आरोप लगाएका छन्।

हेड अफ डेलिगेट्स रहेकी अखिल नेपाल फुटबल संघ (एन्फा) की केन्द्रीय सदस्य सरिला श्रेष्ठ मालेकु, व्यवस्थापक विन्द्रा देवान, सहायक प्रशिक्षक राजेन्द्र तामाङ र प्राविधिक निर्देशक हरि खड्काले आज संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै डे वाइल्डकै कारण समन्वयमा समस्या रहेको बुझाउन कोशिस गरे।

डे वाइल्डले व्यवस्थापनमा कमजोरी, खेलाडीप्रतिको बेवास्ता र आधारभूत सुविधा नपाएको भन्दै आरोप लगाएका थिए ।

हेड अफ डेलिगेट्स श्रेष्ठले आफूहरुलाई सावित्रा भण्डारी ‘साम्बा’कप्तान हुँदा कुनै समस्या नभएपनि समयमा मुख्य प्रशिक्षकले कप्तानको नाम जानकारी नदिदा लाओसको खेलअघि केही तनाब भएको स्वीकार गरिन् ।

‘प्रशिक्षकले खेल सुरु हुनुभन्दा ९० मिनेट अगाडि सम्म नाम दिनुभएन । एन्फामा नाम पठाउन समयको दबाब भइरहेको थियो । हामीलाई प्लेइङको नाम दिएपनि त्यसमा कप्तान तोकिएको थिएन्, उनले भनिन्, ‘उहाँले नाम नदिएपछि विगतको परम्परा अनुसार सिनियर खेलाडीका‌ आधारमा रेनुका नगरकोटेलाई कप्तान भनेर पठायौं । त्यहि अनुसार रेनुकालाई आर्म ब्यान्ड लगाइदिँदा त्यसमा प्रशिक्षकले आपत्ति जनाउनुभयो। साम्बा नै कप्तान हुनुपर्ने भन्नुभयो।‌ विवाद नबढोस् भन्ने चाहनाना खेलाडीले पनि साम्बालाई नै दिम् भनेसी हामीले केही भनें । विन्द्रा जीले आर्मी बान्ड साम्बा लाई लाई दिनुभयो । एएफसीको मान्छेले एक जनाको‌ नाम अर्कोले आर्म ब्यान्ड लगाएको छ भनेर प्रश्न गर्दा नि उहाँले त्यसलाई वेवास्ता गर्नुभयो।’

उज्वेकिस्तान जानुअघि नै कप्तानको घोषणा गरेर जानुपर्छ भन्ने सल्लाहलाई पनि उनले नमानेको श्रेष्ठको भनाई थियो।

श्रेष्ठले साम्बा कप्तान हुनु सबैको लागि गर्वको विषय भएको जनाउँदै तर प्रशिक्षकले नाम लुकाउनुले यो विवाद आएको दाबी गरिन् । यसमा टोली व्यस्थापकको कुनै गल्ती नभएको उनले बताइन् ।‌

उज्वेकिस्तानबाट बेल्जियम फर्केका प्रशिक्षक वाइल्डले एन्फालाई पठाएको पत्रमा भने त्यसको ठीक विपरीत आफूले व्यवस्थापकलाई नाम होटलबाट निकल्ने बेला लिफ्टमा नै भनेको दाबी गरेका थिए । व्यस्थापक र हेड अफ डेलिहेट्सले रनेुकाको नाम पठाएकोले खेल सुरु हुनु अगाडि कप्तानको विषयमा चर्काचर्की परेको उनले पत्रमा उल्लेख गरेका थिए।‌

एन्फाका प्राविधिक हरि खड्काले डे वाइल्डले असन्तुष्टि पहिले एन्फासँग राख्नुपर्नेमा जोड दिए । प्रशिक्षकले आफूलाई पत्र पठाएको स्मरण गर्दै उनलाई अहिले आफ्नोे लक्ष्यमा केन्द्रित हुने सुझाव दिएपछि त्यसलाई स्वीकार गरेको पनि खड्काले बताए ।

सहायक प्रशिक्षक तामाङले प्रो लाइसेन्स प्रशिक्षकसँग सिक्नका लागि आफू‌ उनको सहायक बनेको बताए । उनले उज्वेकिस्तान जानुअघि साम्बा र गीता राना मध्ये एकलाई आफूले कप्तान बताउन चाहेको बताएको स्मारण गरे।

व्यवस्थापक देवानले प्रशिक्षकको काममा आफूहरुले दख्खल नदिएको र टोलीको आवश्यकता अनुसारको व्यवस्थापन गरेको बताइन् ।

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

Success

Thank you for your time.