default_image

5 months ago

July 9, 2025

राष्ट्रपति ट्रम्प क्लब विश्वकपको फाइनलमा उपस्थिति हुने

865 views

0 Bookmark

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आइतवार न्यू जर्सीमा हुने फिफा क्लब विश्वकप फाइनलमा उपस्थित हुने भएका छन् ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले ट्रम्प टावर, न्यूयोर्कमा आफ्नाे कार्यालय खोलेको घोषणा गरेको एक दिन पछि ट्रम्प क्लब विश्व कपको फाइनलमा उपस्थिति हुने समाचार बाहिरिएको हो।

संयुक्त राज्य अमेरिका हालै विस्तार गरिएको क्लब विश्वकपको पहिलो संस्करणको आयोजक मुलुक हो । त्यस्तै आगामी वर्षको विश्व कपका लागि क्यानडा र मेक्सिकोसँगै सह-आयोजक पनि हो।

चेल्सीले क्लब विश्वकपको फाइनल पेरिस सेन्ट जर्मेन (पिएसजी) वा रियल मड्रिडसँग मेटलाइफ स्टेडियममा खेल्नेछ । पिएसजी र रियलबीच आज दोस्रो सेमिफाइनल हुनेछ । त्यहि रंगशालामा अर्को वर्ष विश्व कपको फाइनल आयोजना हुनेछ।

फिफाको पहिले नै मियामीमा कार्यालय छ, तर ट्रम्प टावरमा कार्यालय खोल्नु अमेरिकाको सरकारसँगको सम्बन्ध अझै बलियो बनाउने विश्वास गरिएको छ।

फिफा अध्यक्ष जियानी इनफान्टिनोले भने, ‘हामीले क्लब विश्वकप र आगामी विश्वकपका लागि अमेरिकी सरकार र राष्ट्रपति विशेषतः व्हाइट हाउस टास्कफोर्सबाट निकै ठूलो सहयोग प्राप्त गरेका छौं।’

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.