5 months ago
July 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – फिफा वरीयता नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको वरीयता खस्किएको छ ।
फुटबलको सर्वोच्च निकाय फिफाले बिहीवार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान खस्किएको हो । नयाँ वरीयतामा नेपाल १ सय ७६औं स्थानमा छ। यसअघि नेपाल १ सय ७५औं स्थानमा थियो ।
नेपालीले पछिल्लो समय दुई अन्तर्राष्ट्रिय खेल खेलेको थियो । नेपालले गत जुनमा हङकङसँगको मैत्रीपूर्ण खेलमा गोलरहित बराबरी खेलेको थियो । लगत्तै नेपालले एएफसी एसियन कप छनोटमा लाओससँग हार बेहोरेको थियो ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) मा भने भारत शीर्ष स्थानमा छ। भारत ६ स्थान तल खस्किँदै १ सय ३३औं स्थानमा पुगेको छ। भारतभन्दा पछि माल्दिभ्स १ सय ७१औं स्थानमा छ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]