default_image

5 months ago

July 10, 2025

मनाङ र मछिन्द्रको बराबरी

358 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा यु-१६ युथ लिगमा मनाङ मर्स्याङ्दी र मछिन्द्र क्लबले बराबरी खेल्दा न्युरोड टिम एनआरटीले जित निकालेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहिबारको दोस्रो खेलमा मनाङ र मछिन्द्रले १-१ को बराबरी खेले । मछिन्द्रका करन धामीले तेस्रो मिनेटमा नै गोल गर्दै टोलीलाई अग्रता दिलाए ।

खेलको १६औं मिनेटमा मछिन्द्रका सुमन बम ठकुरीले आत्मघाती गोल गर्दै मनाङलाई बराबरीमा पुर्याए ।

आजै भएको अन्तिम खेलमा एनआरटीले विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबमाथि ३-१ को जित हासिल गर्यो । एनआरटिको जितमा सुगम राना मगरले ४३औं र ८३औं तथा सुनिल घर्ती मगरले ६४औं मिनेटमा गोल गरे ।

आर्मीका लागि शोहित वाइबाले २९औं मिनेटमा गोल गरे । आजै भएको पहिलो खेलमा हिमालयन युथले जावलाखेल युथ क्लबलाई ३-२ पराजित गरेको थियो ।

लिगमा ‘ए’ डिभिजनका १४ टिम सहभागी छन् । डबल राउन्ड-रोबिन फर्म्याटमा खेल भइरहेको छ। प्रतियोगिता फिफाको ट्यालेन्ट डेभलपमेन्ट स्किम अन्तर्गत आयोजना गरिएको हो।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.