5 months ago
July 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एन्फा यु-१६ युथ लिगमा मनाङ मर्स्याङ्दी र मछिन्द्र क्लबले बराबरी खेल्दा न्युरोड टिम एनआरटीले जित निकालेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहिबारको दोस्रो खेलमा मनाङ र मछिन्द्रले १-१ को बराबरी खेले । मछिन्द्रका करन धामीले तेस्रो मिनेटमा नै गोल गर्दै टोलीलाई अग्रता दिलाए ।
खेलको १६औं मिनेटमा मछिन्द्रका सुमन बम ठकुरीले आत्मघाती गोल गर्दै मनाङलाई बराबरीमा पुर्याए ।
आजै भएको अन्तिम खेलमा एनआरटीले विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबमाथि ३-१ को जित हासिल गर्यो । एनआरटिको जितमा सुगम राना मगरले ४३औं र ८३औं तथा सुनिल घर्ती मगरले ६४औं मिनेटमा गोल गरे ।
आर्मीका लागि शोहित वाइबाले २९औं मिनेटमा गोल गरे । आजै भएको पहिलो खेलमा हिमालयन युथले जावलाखेल युथ क्लबलाई ३-२ पराजित गरेको थियो ।
लिगमा ‘ए’ डिभिजनका १४ टिम सहभागी छन् । डबल राउन्ड-रोबिन फर्म्याटमा खेल भइरहेको छ। प्रतियोगिता फिफाको ट्यालेन्ट डेभलपमेन्ट स्किम अन्तर्गत आयोजना गरिएको हो।
December 10, 2025
एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो। सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]