5 months ago
July 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यु-२३ एसियाली कप छनोटको बन्द प्रशिक्षणमा ४० खेलाडीलाई बोलाइएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजित विभिन्न चरण छनोट पछि यू-२३ राष्ट्रिय टोलीको बन्द प्रशिक्षणका लागि ४० खेलाडीहरू छनोट भएका हुन् ।
मुख्य प्रशिक्षक नवीन न्यौपानेले पहिलो चरणको ट्रायलका लागि बोलाइएका ८९ खेलाडीहरूको प्रारम्भिक समूहबाट बन्द प्रशिक्षणको लागि टोली छनोट गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।
टोलीले सेप्टेम्बर ३ देखि ९ सम्म ताजिकिस्तानमा हुने एएफसी यू-२३ एसियाली कप छनोटमा भाग लिनेछ। नेपाललाई आयोजक ताजिकिस्तान, सिरिया र फिलिपिन्ससँगै समूह के मा छ।
प्रारम्भिक टोली
गोलकिपरः कृष्ण मोक्तान, जियारत शेख, रुबिन बोगटी, अमित टमाटा, विशाल केसी, विवेक मगर
डिफेन्डरः सेमन्त थापा, आयुष तिमिल्सिना, निगम लामा, शंकर थारु, अश्विन घोरासैनी, विशाल नेपाली, विवेक गुरुङ, राम थापा, अनिश परियार, सविन घिमिरे, सदिप केसी, सेसन दानी, अभिषेक वाइबा, लहान सुब्बा
मिडफिल्डरः दिपेश गुरुङ, अभि सेङ्ताङ, पुजन थापा, प्रशान्त लक्सम, जन्मजय धामी, सञ्जीव लामा, सरोज दर्लामी, पेम्बा लामा, रोजल दाहाल
फरवार्डः निरज कार्की, सविन लुङ्गेली, निरञ्जन धामी, अनिल भोम्जन, आरोन थापा, सुजन मगर, दिपेश चाम्लिङ राई, अनिश क्षेत्री, रोहन खड्गी, सुजन डंगोल, मोहित गुरुङ
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]