default_image

5 months ago

July 11, 2025

फ्रेन्ड्सले संकटालाई हरायो

237 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा यु-१६ युथ लिगको आज भएको खेलमा फ्रेन्ड्स क्लबले जित हासिल गरेको छ ।

बिहीबार सम्पन्न खेलमा फ्रेन्ड्सले संकटा क्लबमाथि ३-१ को अन्तरले जित हासिल गरेको हो । फ्रेन्ड्सको जितका लागि मन्दिप ढुगेंलले २ तथा प्रभात बिसीले १ गोल गरे । संकटाका लागि पेम्बा तामाङले सान्त्वना गोल फर्काए ।

मन्दिपले ४५औं मिनेटमा गोल गर्दै फ्रेन्ड्सलाई सुरुवाती अग्रता दिलाएका थिए । ६५औं मिनेटमा प्रभातले फ्रेन्ड्सको अग्रता दोब्बर बनाए । पेम्बाले ७०औं मिनेटमा गोल गर्दै संकटालाई खेलमा फर्काउने प्रयत्न गरेपनि त्यो सफल हुन सकेन ।

खेलको ७७औं मिनेटमा मन्दिपले अर्को गोल थप्दै फ्रेन्ड्सलाई जित दिलाए । लिगमा ‘ए’ डिभिजनका १४ टिम सहभागी छन् ।

डबल राउन्ड-रोबिन फर्म्याटमा खेल भइरहेको छ। प्रतियोगिता फिफाको ट्यालेन्ट डेभलपमेन्ट स्किम अन्तर्गत आयोजना गरिएको हो।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.