default_image

5 months ago

July 11, 2025

नेपालको जितमा पूर्णिमाको ४ गोल

1034 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)-   नेपालले जितबाट साफ महिला यु २० च्याम्पियनसिपको यात्रा सुरु गरेको छ।
बंगलादेशमा सुरु भएको च्याम्पियनसिप आफ्नो पहिलो खेलमा भुटान ६-१ ले हराएको हो ।

नेपालकी पूर्णिमा राईको ४ र सेनु परियारको २ गोल गरिन्। ढाकास्थित बसुन्धरा किंग्स एरेनामा भएको खेलमा नेपालले पहिलो हाफमै ३-० अग्रता लिएको थियो । दोस्रो हाफमा नेपालले ३ गोल थप्यो ।

सेनुले नवौं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाइन् । वर्षा ओलीको पासमा सेनुले बल अघि बढाउँदै पेनाल्टी बक्स बाहिरबाट चिप गर्दै गोल गरिन् ।

यस्तै पूर्णिमाले १८औं मिनेटमा नेपालको अग्रता दोब्बर पारिन् । वर्षाले कै क्रसममा पूर्णिमाले सिक्स यार्ड बक्सबाट वान टचमा गोल गरिन् ।

त्यसपछि सेनुले ४५औ् मिनेटमा गोल गर्दै नेपालको अग्रता ३-० पुर्‍याइन् । वर्षाले पासमा सेनुले बक्स भित्रबाट व्यक्तिगत दोस्रो गोल गरिन् ।

केल्देन वाङ्मोले ५३औं मिनेटमा भुटानका लागि गोल फर्काइन् । पूर्णिमाले ५३औं मिनेटमा गोल गरेपछि नेपालले ४-१ को अग्रता बनायो ।

पूर्णिमाले ८३औं मिनेटमा व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरिन् । त्यसपछि ८८औं मिनेटमा पूर्णिमाले आफ्नो चौथो गोल गरिन् ।

आज भएको पहिलो खेलमा घरेलु टोली बंगलादेशले श्रीलंकालाई ९-१ को फराकिलो अन्तरले हरायो । नेपाल आइतवार आयोजक बंगलादेशको सामना गर्नेछ।

च्याम्पियनसिपमा ४ टोलीको सहभागिता छ। डबलराउण्ड रोविनमा हुने च्याम्पियनसिपको शीर्ष स्थानको टोली च्याम्पियन बन्नेछ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.