default_image

5 months ago

July 12, 2025

स्पेन शत प्रतिशत जितसहित क्वाटरफाइनलमा

934 views

0 Bookmark

एजेन्सी – स्पेन शत प्रतिशत जितका साथ युइएफए महिला युरो २०२५ को क्वाटरफाइनलमा प्रवेश गरेको छ।

एस्टर गोन्जालेजले जारी युरोपमा आफ्नो चौथो गोल गरेपछि स्पेनले इटालीलाई ३- १ ले पराजित गरेको हो ।
हार व्यहोरे पनि इटाली समूह ‘बी’ को दोस्रो स्थानमा रहँदै क्वाटरफाइनल पुगेको छ । शुक्रवारको अर्को खेलमा बेल्जियमसँग पराजित भएका पोर्चुगल प्रतियोगिताबाट बाहिरिएको छ ।

खेलमा अग्रता इटालीले लिएको थियो। एलिसाबेटा ओलिभिएरोले १० औं मिनेटमा शक्तिशाली प्रहार मार्फत पहिलो गोल गरिन्।

तर त्यो अग्रता मात्र ४ मिनेटमै समाप्त भयो। अलेक्सिया पुटेलासले ब्याकहिल पामा डेल कास्टिलोले बराबरी गोल गरिन्।
इटालीले पहिलो हाफको अन्त्यमा अग्रता लिन सक्ने मौका पाए पनि त्यसलाई खेर फाल्यो। दोस्रो हाफ सुरु भएको चार मिनेटमै प्याट्री गुइखारोले गोल गर्दै स्पेनलाई अग्रता दिलाइन्।

इन्ज्युरी समयको पहिलो मिनेटमा पुटेलासको अर्को असिस्टमा गोन्जालेजले नजिकबाट गोल गर्दै स्पेनको जित पक्का गरिन् । क्वाटरफाइनलमा स्पेनले आयोजक स्विट्जरल्यान्डको तथा इटालीले नर्वेसँग खेल्नेछ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.