5 months ago
July 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- विश्व फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि ४ वर्ष भन्दा लामो समयदेखि लगाएको कन्ट्रोल फन्डिङ हटाएको छ।
फिफाको गभर्नेन्स,अडिट एन्ड कम्ल्लाइन्स कमिटी (जिएसिसी) को बिहीवार (जुलाई १०) को निर्णयबाट कन्ट्रोल फन्डिङ हटाईएको फिफाको पत्र प्राप्त भएको एन्फाले शनिवार प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ । सन् २०२१ को मार्च १५ देखि फिफाले एन्फामाथि कन्ट्रोल फन्डिङ लगाएको थियो।
‘एन्फा पूर्णरुपमा आर्थिक सुशासन, पारदर्शिता र भ्रष्टचार मुक्त संघमा रुपान्तरण हुनुले अध्यक्ष पंकज विक्रम नेम्वाङको नेतृत्वको कार्यसमितिले गरेको प्रतिबद्धता पूरा भएको पुष्टि गर्दछ, महासचिव किरण राईले जारी गरेको विज्ञप्तिमा भनिएको छ, कार्यसमिति पदाधिकारी तथा सदस्यहरु एवम् सचिवालयको निरन्तरको प्रयास तथा सम्पूर्ण संघमा आवद्ध सदस्य संस्थाहरुको सहयोग र समन्वयको सामुहिक तथा संगठित प्रयासबाट आज सकारात्मक परिणाम हासिल भएको छ ।’

दुई पेजको विज्ञप्तिमा अगाडि भनिएको छ,’ संघका अध्यक्ष श्री पंजक विक्रम नेम्वाङ्गको नेतृत्वको कार्यसमिति र सचिवालयले इमान्दारीता पूर्वक कार्य सम्पन्न गरिरहँदा विभिन्न प्रकारका गलत प्रवृतिहरु, नेपाली फुटबल खेलको विकास, प्रगती र सफलता नचाहाने पझर्वग्राही र स्वार्थी समूहहरुबाट फुटबल खेल विकासका कामहरुमा गरेका विभिन्न प्रकारका अवरोधहरु, दैनिक कुप्रचार, भ्रम र नेपाली फुटबल खेल माथि भैरहेको प्रहारलाई कामबाटै जवाफ दिईएकोछ ।’
संघ मुख्यत फिफा र ए.एफ.सी. को आर्थिक अनुदानबाट सञ्चालन हुने गर्दछ । तसर्थ दुवै अन्तराष्ट्रिय आबद्धता प्राप्त संस्थाहरुबाट भएको प्रत्यक्ष अनुगमन, लेखा परिक्षण र चेक जाँचहरु पश्चात भएको उल्लेखित निर्णयहरुले एन्फामा आर्थिक पारदर्शीता र सुशासन कायम रहेको प्रमाणित भएको छ, विज्ञप्तिमा भनिएको छ।


December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]