5 months ago
July 13, 2025
एजेन्सी – कप्तान लियोनल मेस्सीको कीर्तिमानी २ गोलमा इन्टर मियामीले मेजर लिग सकर (एमएलएस) मा जित हासिल गरेको छ ।
मियामीले आइतबार बिहान भएको खेलमा नेसभिललाई २-१ गोल पराजित गर्यो । मेस्सी एमएलएस इतिहासमा लगातार ५ खेलमा समान २ गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।
उनी यसअघि न्यु इङ्गल्याण्ड रिभोलुसनविरुद्ध लगातार ४ खेलमा २ गोल गर्ने एमएलएस इतिहासमा पहिलो खेलाडी बनेका थिए ।
मेस्सीले आफ्नो पछिल्लो ५ खेलमा मियामीका लागि १० गोल गरेका छन् । अब उनी नेसभिलका स्ट्राइकर साम सरिजसँगै एमएलएसका संयुक्त शीर्ष गोलकर्ता रहेका छन् ।
नेसभिलका लागि हानि मुख्तारले सान्त्वना गोल गरे ।१७औं मिनेटमा गोल गर्दै मेस्सीले मियामीलाई सुरुवाती अग्रता दिलाएका थिए । ४९औं मिनेटमा मुख्तारले नेसभिलका लागि बराबरी गोल फर्काएका थिए ।
तर, मेस्सीले ६२औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै मियामीलाई जित दिलाए । एमएलएसको इस्टर्न कन्फ्रेन्सको पाँचौं स्थानमा रहेको मियामीले १९ खेलबाट लिगमा ३८ अंक जोडेको छ । नेसभिल २२ खेलमा ४१ अंकका साथ तेस्रो स्थानमा छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]