default_image

5 months ago

July 13, 2025

जावलाखेलद्वारा श्री भगवती पराजित

551 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – जावलाखेल युथ क्लबले एन्फा यु-१६ युथ लिगमा दोस्रो जित हात पारेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतवारको पहिलो खेलमा जावलाखेलले श्री भगवतीलाई २-१ गोल अन्तरले पराजित गर्यो ।

दोस्रो जित दिलाउने क्रममा जावलाखेलका लागि विशाल शाही र समिर लोप्चनले गोल गरे । श्री भगवतीका लागि सुयोग श्रेष्ठले गोल फर्काए ।

श्री भगवतीले खेलमा लिएको अग्रता जोगाउन सकेन । १९औं मिनेटमा सुयोगको गोलमा श्री भगवतीले अग्रता लियो । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै विशालले जावलाखेललाई बराबरीमा ल्याए ।

५७औं मिनेटमा गोल गर्दै समिरले जावलाखेललाई जित दिलाए । जितसँगै जावलाखेलको ४ खेलबाट ६ अंक भएको छ । समान खेलमा भगवतीको ३ अंक मात्र रहेको छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.