5 months ago
July 13, 2025
काठमाडौं (हाम्रो खेलकुद) – जावलाखेल युथ क्लबले एन्फा यु-१६ युथ लिगमा दोस्रो जित हात पारेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतवारको पहिलो खेलमा जावलाखेलले श्री भगवतीलाई २-१ गोल अन्तरले पराजित गर्यो ।
दोस्रो जित दिलाउने क्रममा जावलाखेलका लागि विशाल शाही र समिर लोप्चनले गोल गरे । श्री भगवतीका लागि सुयोग श्रेष्ठले गोल फर्काए ।

श्री भगवतीले खेलमा लिएको अग्रता जोगाउन सकेन । १९औं मिनेटमा सुयोगको गोलमा श्री भगवतीले अग्रता लियो । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै विशालले जावलाखेललाई बराबरीमा ल्याए ।
५७औं मिनेटमा गोल गर्दै समिरले जावलाखेललाई जित दिलाए । जितसँगै जावलाखेलको ४ खेलबाट ६ अंक भएको छ । समान खेलमा भगवतीको ३ अंक मात्र रहेको छ ।
December 10, 2025
एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो। सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]