default_image

5 months ago

July 13, 2025

सातदोबाटोको पोस्टमा मछिन्द्रको दर्जन गोल

596 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा यु-१६ युथ लिगमा सातदोबाटो युथ क्लबको पोस्टमा मछिन्द्र क्लबले दर्जन गोल गरेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको आइतवारको दोस्रो खेलमा मछिन्द्रले सातदोबाटोलाई १२-१ को फराकिलो अन्तरले पराजित गरेको छ ।

चौथो खेलमा तेस्रो जित दर्ता गर्ने क्रममा मछिन्द्रका लागि विकास थापाले ह्याट्रिक गरे । राहुल कुमार योञ्जन र गोविन्द विकले समान २, कोञ्जोक लामा, सौगात मगर, किरण धामी, सुमन बम ठकुरी र जनक विकले समान १ गोल गरे । सातदोबाटोका लागि युवराज भट्टराईले सान्त्वना गोल गरे ।

जनकले तेस्रो मिनेटमा मछिन्द्रका लागि गोल गरे । विकासले सातौं, १५औं र ४१औं मिनेटमा गोल गरे । सुमनले १७औं र किरणले २१औं मिनेटमा गोल गरे । राहुलले २६औं र २१औं मिनेटमा तथा गोविन्दले ६१औं र इन्ज्युरी समयमा गोल गरे ।

कोञ्जोकले ६५औं र सौगातले ७५औं मिनेटमा गोल गरे । सातदोबाटोका लागि युवराजले ५२औं मिनेटमा गोल फर्काए । जितसँगै मछिन्द्र ४ खेलमा १० अंकमा रहेको छ । सातदोबाटोको यो लगातार चौथो हार हो ।

आजै भएको अर्को खेलमा हिमालयन शेर्पा क्लब र न्युरोड टिम एनआरटी ३-३ को बराबरीमा रोकिएका छन् । हिमालयनका लागि अभी राईले २ र आकाश मोक्तानले १ गोल गरे । एनआरटीका लागि भने रितिक फडिराले २ र निरञ्जन दुलालले १ गोल गरे ।

बराबरीसँगै हिमालयनको ७ र एनआरटीको ४ अंक भएको छ । आजै भएको पहिलो खेलमा जावलाखेल युथ क्लबले श्री भगवती क्लबलाई पराजित गरेको थियो ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.