default_image

5 months ago

July 16, 2025

चर्च ब्वाइजको फराकिलो जित

346 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा यु-१६ युथ लिगमा चर्च ब्वाइज युनाइटेडले आज सातदोबाटो युथ क्लबमाथि फराकिलो जित दर्ता गरेको छ ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा बुधवारको पहिलो खेलमा चर्च ब्वाईजले सातदोबाटोलाई ९-२ को फराकिलो अन्तरले पराजित गरेको हो ।

चर्च ब्वाइजको जितमा स्वप्निल दर्नाल र सुशन थापा मगरले ह्याट्रिक गरे । सजन तामाङले २ तथा परासर अधिले १ गोल गरे ।

सातदोबाटोका लागि विमलेन्द्र कुमार कुसुवाह र युवराज भट्टराइले गोल गरे ।

आजको दोस्रो खेलमा हिमालयन शेर्पा र फ्रेन्ड्स क्लबले गोल रहित बराबरी खेले ।

दिनको तेस्रो तथा अन्तिम खेलमा मनाङ मर्स्याङ्दी क्लब र विभागीय टोली नेपाल पुलिस क्लबले पनि गोल रहित बराबरी खेले ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.