default_image

5 months ago

July 17, 2025

इटाली युरोको सेमिफाइनलमा

550 views

0 Bookmark

एजेन्सी – इटाली युइएफए महिला युरो २०२५ को सेमिफाइनल पुगेको छ।

कप्तान क्रिस्टियाना जिरेलीले अन्तिम मिनेटमा गोल गरेपछि नर्वेलाई २-१ पराजित गर्दै इटाली अन्तिम चारमा पुगेको हो।

पहिलो हाफमा पूर्ण रूपमा दबाबमा राख्ने प्रदर्शनपछि जिरेलीले ५०औं मिनेटमा खेलको खाता खोलेकी थिइन्। सोफिया कान्टोरेको क्रसमा जिरेली नजिकैबाट बायाँ खुट्टाले गोल गरिन्।

६०औं मिनेटमा कप्तान आडा हेगेरबर्गलाई एलेना लिनारीले तानेपछि नर्वेले पेनाल्टी पायो। तर जारी प्रतियोगितामा उनले दोस्रो पटक पेनाल्टी बाहिर हानिन् ।

६६ औं मिनेटपछि हेगेरबर्गले गल्ती सुधारिन्। दौडँदै आइरहेकी गोलकिपर लाउरा जुलियानीलाई छलाउँदै उनले सहज रुपमा बराबरी गोल गरिन् ।

तर जब खेल अतिरिक्त समयतर्फ जान लाग्दै थियो, सोफिया कान्टोरेको क्रसमा जिरेलीले हेडमा निर्णायक गोल गरिन् ।

‘यो सपना पूरा भएको जस्तै हो,’ खेलपछि जिरेलीले भनिन्, ‘यो अद्भुत छ। मैले केही फरक, विशेष महसुस गरेँ। खेलाडीको आँखामा मैले विशेष चमक देखेँ।’

उनले थपिन् ,’ रेफ्रीले अन्तिम सिठ्ठी नबजाउँदासम्म लड्न र विश्वास गर्नुपर्छ । यदि तपाईंभित्र आगो छ भने त्यसलाई बाचाइराख्नुपर्छ। हामी धेरै दुख गर्‍यौँ र अन्तिमसम्म लड्यौँ।’

खेलको पहिलो हाफमा इटालीले खेलमा दबाब बनाएपनि गोल गर्न सकेन । अरियाना कारुसो, जिरेली, एम्मा सेभेरिनी र लुसिया डी गुलिएल्मो गोलको नजिक पुगेपनि सफल भएनन्।

इटाली सन् १९९७ पछि पहिलो पटक सेमिफाइनल पुगेको हो। इटालीले अब स्वीडेन वा साविक विजेता इङ्ल्याण्डसँग भिड्नेछ । ती दुईबीचको क्वार्टरफाइनल आज हुनेछ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.