5 months ago
July 18, 2025
एजेन्सी – इङ्ग्ल्यान्ड युइएफए महिला युरो २०२५ को सेमिफाइनलमा पुगेको गरेको छ।
स्विडेनसँग २-० ले पछि परेको खेल उल्टाएर पेनाल्टी सुट आउटमा ३-२ को जित निकाल्दै इङ्ग्ल्यान्ड अन्तिम चारमा पुगेको हो।
लुसी ब्रोन्जले इङ्ग्ल्यान्डको लागि सातौं पेनाल्टी हानिन् र उनी सफल भइन् । स्विडेनकी स्मिल्ला होल्मबर्गले आफ्नो प्रयास बारमाथि प्रहार गरेपछि पेनाल्टी सुटआउट टुंगिएको थियो।
स्विडेनले ७ पेनाल्टीमध्ये केबल २ गोल गर्न सक्यो। इङ्ग्ल्यान्डकी गोलकिपर हाना ह्याम्प्टनले २ पेनाल्टी रोकिन् । स्विडिस गोलकिपर जेन्निफर फाल्कले ४ पेनाल्टी बचाइन् । तर फाल्क आफै भने पेनाल्टीमा गोल गर्न चुकिन् ।
ज्युरिचमा भएको खेलमा अन्तिम ११ मिनेट बाँकी रहँदा खेलमा बराबरी गर्दै इङ्ग्ल्यान्डले जितको आधार तयार पारेको थियो।
कप्तान कोसोभारे अस्लानी दोस्रो र फरवार्ड स्टिना ब्ल्याकस्टेनियसले २५ औं मिनेटमा गोल गर्दै स्विडेन २–० ले अघि बढाएका थिए । इङ्ग्ल्यान्डले त्यो समयसम्म खासै अवसर सिर्जना गर्न सकेको थिएन।
७९ औं मिनेटमा क्लोइ केलीको क्रसमा ब्रोन्जले हेडमार्फत गोल फर्काइन् । त्यसको दुई मिनेटपछि परिवर्तित खेलाडी मिशेल अगेमाङले नजिकैबाट बराबरी गोल गरिन् ।
साविक विजेता इङ्ग्ल्यान्डले मंगलवार इटालीसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]