default_image

5 months ago

July 19, 2025

काष्ठमण्डप र लुम्बिनीले डाना कप खेल्ने

342 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- डेनमार्कमा आयोजना हुने डाना कपमा फुटबल प्रतियोगिता काष्ठमण्डप विधालय र लुम्बिनी फुटबल एकेडेमीले प्रतिस्पर्धा गर्ने भएको छ।

काष्ठमण्डले यु-१४ तथा लुम्बिनीले यु-१६ समूहमा प्रतिस्पर्धा गर्ने बताइएको छ।  दुई टोलीमा २० खेलाडी र ३ अफिसियल गरि २३ सदस्यीय छ ।

सन्तोष न्यौपानेले काष्ठमण्डप र विजय महर्जनले लुम्बिनीलाई प्रशिक्षण दिएका छन्। टोली‌ शनिवार त्यसतर्फ प्रस्थान गरेको छ।

युरोपियन फुटबल महासंघको मान्यता प्राप्त डाना कपमा यसमा ७० भन्दाबढी देशका १ हजार भन्दाबढी युवा टोलीले सहभागिता जनाउने बताइएको छ । डाना कप सन् १९८२ देखि सुरु भएको हो ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.