5 months ago
July 28, 2025
एजेन्सी – इङ्ल्यान्डले महिला युरो २०२५ को उपाधि जितेको छ।
स्पेनलाई पेनाल्टी सुटआउटमा ३-१ को जित निकाल्दै इङ्ग्ल्यान्ड युरो च्याम्पियन बनेको हो। निर्धारित र थप समय पनि १-१ को बराबरीपछि पेनाल्टी सुटआउट भएको थियो।
युरो २०२२ को वेम्ब्ली फाइनलमा विजयी गोल गर्दै इतिहास रचेकी क्लोई केली फेरि नायिका बनिन्। उनले निर्णायक पेनाल्टी प्रहार गरेर इङ्ल्यान्डको जित निश्चित गरिन् । स्पेन लगातार ३ पेनाल्टीमा गोल गर्न चुक्ताहाना ह्याम्पटनले दुई वटा बचाइन्।

इङ्ल्यान्डको कुनै पनि टोलीले विदेशी भूमिमा जितेको पहिलो ठूलो उपाधि हो। साथै, प्रशिक्षक सरिना विगम्यानले दुई फरक देशबाट तीन युरोपेली उपाधि जित्दै आफूलाई विश्वकै उत्कृष्ट प्रशिक्षकको रूपमा स्थापित गरेकी छन्।
इङ्ल्यान्डले युरोको फाइनलमा पहिलो हाफमा पछि परेपनि जित निकाल्नेको पहिलो टोली बनेको छ।उनीहरूले फेरि एकपटक आफूलाई ‘कमब्याक क्विन’ प्रमाणित गरे।
इङ्ग्ल्यान्ड युरोमा चौथो पटक पछाडि पर्यो। नकआउटका सबै ३ खेलमा पहिलो गोल खाँदै आएका थिए। तर यसपटक पनि उनीहरूले हार मानेनन् ।
२५ औं मरिओना काल्देन्तेको हेडर गोलले स्पेनलाई अग्रता दिलाएकी थिइन् । तर इङ्ल्यान्डले हार मानेन ।

चोटको शंकाबीच पनि सुरुवाती ११ मा स्थान पाएकी लरेन जेम्सको स्थानमा मैदान प्रवेश गरेकी केलीले खेलमा नयाँ ऊर्जा ल्याइन्। उनले दिएको क्रसलाई अलेसिया रुसोले ५७ औं मिनेटमा हेड मार्फत गोल गर्दै खेल बराबरीमा ल्याइन्।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]