default_image

5 months ago

July 29, 2025

रिएले कप फुटबल यसै महिना

403 views

0 Bookmark

भक्तपुर (हाम्रो खेलकुद)-  ‘आठौं रिएले कप : रिएले समर लिग २०२५’  हुने भएको छ। युवा फुटबल प्रतियोगिताअन्तर्गत एफसी रिएलेको आयोजना हुने प्रतियोगिता रिएले समर लिग साउन २४ गते (अगस्ट २) सुरु हुने भएको हो।

प्रतियोगिताका सबै मध्यपुर ठिमीस्थित बोडेको रिएले ग्राउन्डमा सञ्चालन हुनेछ। यस संस्करणमा तीन उमेर समूहमा खेल आयोजना हुने आयोजकले जनाएको छ। जसमा यु–१०, यु–१२ र यु–१४ उमेर समूह समावेश गरिएको छ।

लिगमा काठमाडौं उपत्यका तथा वरपरका ब्वाइज र गर्ल्स दुवैले सहभागिता जनाउने छन्। इच्छुक खेलाडीले आफ्नो उमेर समूहमा दर्ता भई टिम ड्राफ्ट प्रक्रियाबाट सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ।

यसको लागि दर्ता प्रक्रिया सुरु भइसकेको छ। एफसी रिएले जापानको गैर–नाफामूलक संस्था रियल वर्ल्डअन्तर्गत सञ्चालित परियोजनामध्ये एक हो। क्लबले नेपालमा बालबालिकाको मानसिक तथा शारीरिक विकासलाई फुटबलमार्फत सशक्त बनाउने लक्ष्य लिएको छ।

यस क्लबको पुरुष टिमले शहीद स्मारक ‘सी’ डिभिजन लिग छनोटमा सहभागिता जनाउँदै आएको छ। क्लबको महिला टिमले सन् २०२८ मा आयोजना हुने पहिलो एन्फा महिला लिग छनोटमा सहभागिता जनाउने तयारी गरिरहेको छ।

यसले यूथ डेभलपमेन्ट लिगअन्तर्गत हरेक वर्ष दुईपटक लिग सञ्चालन गर्दै आएको छ। जसमा समर लिग र विन्टर लिगको रूपमा आयोजना गरिन्छ।

समर लिगमा व्यक्तिगत रुपमा दर्ता भएका बालबालिकाहरूलाई क्लबले अन्तरिक ड्राफ्टमार्फत टिम बनाइ लिग सञ्चालन गर्छ। विन्टर लिगमा भने विभिन्न फुटबल एकेडेमी, विद्यालय तथा टिमहरूबीच प्रतिस्पर्धा गराइन्छ।

यस परियोजनाले नेपालमा उपेक्षित बाल तथा ग्रासरुट फुटबल क्षेत्रलाई बलियो बनाउने कार्यमा उल्लेखनीय योगदान दिँदै आएको छ।

नेपाल राष्ट्रिय पुरुष फुटबल टोलीका कप्तान किरण चेम्जोङ, ए डिभिजन लिगका सर्वाधिक गोलकर्ता सन्तोष साहुखलजस्ता राष्ट्रिय खेलाडीहरूले यस लिगलाई सहयोग गर्दै आएका छन्।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.