4 months ago
July 29, 2025
भक्तपुर (हाम्रो खेलकुद)- ‘आठौं रिएले कप : रिएले समर लिग २०२५’ हुने भएको छ। युवा फुटबल प्रतियोगिताअन्तर्गत एफसी रिएलेको आयोजना हुने प्रतियोगिता रिएले समर लिग साउन २४ गते (अगस्ट २) सुरु हुने भएको हो।
प्रतियोगिताका सबै मध्यपुर ठिमीस्थित बोडेको रिएले ग्राउन्डमा सञ्चालन हुनेछ। यस संस्करणमा तीन उमेर समूहमा खेल आयोजना हुने आयोजकले जनाएको छ। जसमा यु–१०, यु–१२ र यु–१४ उमेर समूह समावेश गरिएको छ।
लिगमा काठमाडौं उपत्यका तथा वरपरका ब्वाइज र गर्ल्स दुवैले सहभागिता जनाउने छन्। इच्छुक खेलाडीले आफ्नो उमेर समूहमा दर्ता भई टिम ड्राफ्ट प्रक्रियाबाट सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ।
यसको लागि दर्ता प्रक्रिया सुरु भइसकेको छ। एफसी रिएले जापानको गैर–नाफामूलक संस्था रियल वर्ल्डअन्तर्गत सञ्चालित परियोजनामध्ये एक हो। क्लबले नेपालमा बालबालिकाको मानसिक तथा शारीरिक विकासलाई फुटबलमार्फत सशक्त बनाउने लक्ष्य लिएको छ।

यस क्लबको पुरुष टिमले शहीद स्मारक ‘सी’ डिभिजन लिग छनोटमा सहभागिता जनाउँदै आएको छ। क्लबको महिला टिमले सन् २०२८ मा आयोजना हुने पहिलो एन्फा महिला लिग छनोटमा सहभागिता जनाउने तयारी गरिरहेको छ।
यसले यूथ डेभलपमेन्ट लिगअन्तर्गत हरेक वर्ष दुईपटक लिग सञ्चालन गर्दै आएको छ। जसमा समर लिग र विन्टर लिगको रूपमा आयोजना गरिन्छ।
समर लिगमा व्यक्तिगत रुपमा दर्ता भएका बालबालिकाहरूलाई क्लबले अन्तरिक ड्राफ्टमार्फत टिम बनाइ लिग सञ्चालन गर्छ। विन्टर लिगमा भने विभिन्न फुटबल एकेडेमी, विद्यालय तथा टिमहरूबीच प्रतिस्पर्धा गराइन्छ।
यस परियोजनाले नेपालमा उपेक्षित बाल तथा ग्रासरुट फुटबल क्षेत्रलाई बलियो बनाउने कार्यमा उल्लेखनीय योगदान दिँदै आएको छ।
नेपाल राष्ट्रिय पुरुष फुटबल टोलीका कप्तान किरण चेम्जोङ, ए डिभिजन लिगका सर्वाधिक गोलकर्ता सन्तोष साहुखलजस्ता राष्ट्रिय खेलाडीहरूले यस लिगलाई सहयोग गर्दै आएका छन्।
December 10, 2025
एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो। सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]