9 years ago
March 10, 2017
नेपालगञ्ज (हाम्रो खेलकुद)– टुबोर्ग नेपालगञ्ज गोल्ड कप फुटबल प्रतियोगिताको दोस्रो क्वार्टरफाइनलमा आज विभागिय टोली नेपाल पुलिस क्लब र आयोजक नेपालगञ्ज ११ बीच प्रतिस्पर्धा हुँदैछ । यसै महिना धरानमा १९ औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको पुलिस त्यसपछि १९ औं तिलोत्तमा गोल्ड कपको क्वार्टरफाइनलमा अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लबसँग पराजित भएको थियो । त्यसयता पुलिस पहिलो पटक मैदान उत्रदैछ ।

फाइल फोटो
प्रतियोगिताको पहिलो दिन सुदूरपश्चिमाञ्चल ११ विजयी हुँदै सेमिफाइनल पुगिसकेको छ । सुदूरपश्चिमाञ्चलले भारतको दिल्ली युनाइटेडलाई १–० ले हराएको थियो । चैत ४ गते हुने फाइनलको विजेताले उपाधि सहित ५ लाख र दोस्रो हुने टोलीले २ लाख ५१ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता अवधिभर खेलाडी, रेफ्री, अफिसियलको दुर्घटना विमा एनएलजी इन्सुरेन्स कम्पनी लिमिटेडले गरेको छ ।
प्रतियोगितामा एन्फा, युवा तथाा खेलकुद मन्त्रालय, मध्यपश्चिमाञ्चल खेलकुद विकास समिति, बाँके जिल्ला खेलकुद विकास समितिको सहकार्य रहेको छ । नेपालगञ्ज रंगशालामा हुने प्रतियोगिताको क्वार्टरफाइनल खेलेको टिकटदर १ सय तथा सेमिफाइनल र फाइनलको टिकटदर २ सय तोकिएको आयोजक बाँके जिल्ला फुटबल संघले जनाएको छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]