1 month ago
October 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत आज भियतनामको सामना गर्दैछ। तुलनात्मक रूपमा बलियो प्रतिद्वन्द्वी भियतनाम विरूद्ध नेपाल २२ वर्षपछि खेल्दैछ।
सन् २००४ को एसियन कप छनोटमा नेपालले भियतनामसँग दुई खेल खेलेको थियो। त्यति बेला नेपाल पहिलो खेलमा ५-० र दोस्रो खेलमा २-० पराजित भएको थियो।
नेपाली टोलीलाई जितको खुसी दिने दबाब पनि छ। नेपालले पछिल्ला १० अन्तर्राष्ट्रिय खेलमा मात्र २ खेलमा जित निकालेको छ। ३ मा हार र २ बराबरी गरेको छ। पछिल्लो मैत्रीपूर्ण खेलमा नेपाल बंगलादेशसँग गोल रहित बराबरी खेलेको थियो।
नेपाली टोली जितको दबाबमा छ। तर धेरै अपेक्षा गर्ने वातावरण पनि छैन । सहिद स्मारक ‘ए’ डिभिजन लिग पछिल्लो पटक सकिएको आज ८ सय ५१ दिन भएको छ।
खेलाडीले निरन्तर फुटबल खेल्न पाएका छैनन्। यो अवस्थामा नेपालभन्दा ६२ स्थान माथि रहेको भियतनाम विरूद्ध ठूलो अपेक्षा गर्ने ठाउँ छैन । तर नेपाली टोली सक्दो प्रयास गर्ने बताएको छ।
छनोटको तेस्रो खेलमा पहिलो जितको खोजीमा नेपाल हुनेछ। यसैले पनि खेल निकै महत्वपूर्ण रहनेछ। यसअघि पहिलो खेलमा नेपाल लाओससँग २-१ ले र मलेसियासँग २-० ले हारेको थियो। यद्यपि मलेसिया कारबाहीमा परेको कारण सो खेलको नतिजा नेपालको पक्षमा आउने संभावना छ।
आजको खेलमा सकरात्मक नतिजा निकाल्ने चुनौती नेपाललाई रहेको छ। यदि जित निकाले नेपालको छनोटको संभावना कायमै रहनेछ। अहिले अंकविहिन नेपाल समूहको पुछारमा रहेको छ।
नेपालले अर्को खेल असोज २८ (अक्टोबर १४ मा) भियतनाममा नै खेल्नेछ। दशरथ रंगशालालाई एएफसीले अयोग्य घोषित गरेको कारण नेपालले होम र अवे दुवै खेल भियतनाममा खेल्न लागेको हो।
आज खेल आज साँझ ६:१५ बजे हुनेछ।
नेपाली राष्ट्रिय फुटबल टोली
किरण चेम्जोङ (कप्तान),अभिषेक लिम्बु, अनन्त तामाङ, अञ्जन विष्ट, एरिक विष्ट, आयुष घलान, विमल पाण्डे, विशाल सुनार, दीप कार्की , दिनेश हेंजन, जिलेस्पी जङ्ग कार्की, कृतिश रत्न छुन्जु, कुशल देउबा, लाकेन लिम्बु, मणी कुमार लामा, मनीष डाँगी, रोहित चन्द, रोहन कार्की, सनिश श्रेष्ठ, सुवास ठाकुरी बम, सुमित श्रेष्ठ, सुमन श्रेष्ठ र योगेश गुरुङ
November 14, 2025
एजेन्सी – पोर्चुगलले २०२६ विश्वकपको छनोटमा बिहीवार दोहोरो मार बेहोरेको छ। आयरल्याण्डसँग २-० ले पराजित भएपछि विश्व कपमा स्थान सुरक्षित गर्न प्रतीक्षा गर्नुपर्ने भएको छ। त्यस्तै खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोले रातो कार्डको सामना गरे। रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा पहिलो पटक रातो कार्डको सामना गरेका हुन् । घरेलु टोलीका ट्रोय प्यारोटले पहिलो हाफमै दुई गोल गर्दै आयरल्याण्डलाई […]
November 14, 2025
एजेन्सी – फ्रान्सले बिहीवार युक्रेनलाई ४-० ले हराउँदै २०२६ विश्वकपमा आफ्नो स्थान पक्का गरेको छ। खेलमा किलियन एमबाप्पे स्टार बने । उनले दुई गोल गरे। पहिलो हाफमा गोलरहित बराबरीमा टुंगियो । दोस्रो हाफमा फ्रान्सले उत्कृष्ट खेल्दै लगातार गोल गर्यो। माइकल ओलिसेलाई बक्सभित्र फाउल गरिएपछि फ्रान्सले पाएको पेनाल्टीबाट एमबाप्पेले ५५ औं मिनेटमा पहिलो गोल गरे त्यसअघि युक्रेनले […]
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र बंगलादेश मैत्रीपूर्ण खेल २-२ गोलको बराबरीमा सकिएको छ। नेपालको लागि रोहित चन्द र अनन्त तामाङले गोल गरे। बंगलादेशको लागि दुबै गोल उसको स्टार खेलाडी हम्जा चौधरीले गरे। बंगलादेशको ढाकामा भएको खेलको २९ औं मिनेटमा नेपालले घरेलु टोली विरूद्ध अग्रता बनायो। सुमित श्रेष्ठको कटब्याकमा बक्सको ठिक बाहिरबाट रोहितले हानेको सुन्दर प्रहार […]