default_image

9 years ago

March 10, 2017

राष्ट्रिय फुटबल टोलीबाट को – को बाहिरिए?

169 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– फिलिपिन्सविरुद्ध हुने एएफसी एसियन कप २०१९ को छनोट खेलका लागि प्रथम चरणका ३६ खेलाडीबाट ९ खेलाडी घटाउदै २७ खेलाडी बन्द प्रशिक्षणमा परे।

bimal-basnet-yellow-and-sunil-bal-white

एसियन कप छनोटको पहिलो खेल नेपाल र फिलिपिन्सबीच मार्च २८ मा फिलिपिन्समा हुनेछ। पहिलो पटक राष्ट्रिय टोलीको प्रारम्भिक छनोटमा अटाएका एपीएफका फरवार्ड युवराज खड्का, नेपाल पुलिसका मिडफिल्डर रविशंकर पासवान, संकटाका मिडफिल्डर विश्व अधिकारी र त्रिभुवन आर्मी क्लबका डिफेन्डर विमल पाण्डे दोश्रो चरणको छनोटमा पर्न सकेनन।

साग र बंगबन्धु जित्दा नेपाली टोलीको सदस्य रहेका सुनिल बल र दिनेश राजवंशी यसपटक प्रारम्भिक छनोटबाटै  बाहिरीए। लामो समयपछि राष्ट्रिय टोलीको छनोटमा आएका हेमन्त थापामगर र सोलिडारिटी कप जित्दा टोलीका सदस्य रहेका दिपक गुरुङ पनि दोश्रो चरणको छनोटमा अटाएनन्। यसअघीनै स्टार फरवार्ड नवयुग श्रेष्ठ खुट्टाको चोटका कारण टोलीबाट बाहिरिएका थिए।

अन्तिम छनोट अर्को साता हुने एन्फा श्रोतले जानकारी दिएको छ र अन्तिम छनोटमा २० खेलाडी पर्ने छन्।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.