9 years ago
March 11, 2017
माले (एजेन्सी)– गत साता बंगलादेशमा शेख कमल अन्तराष्ट्रिय क्लब कपको उपाधि जितेको नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङको टोली टिसी स्पोर्टसले माल्दिभियन प्रिमियर लिगमा विजयी सुरुआत गरेको छ । गत बर्ष दोस्रो स्थानमा लिगको अन्त्य गरेको टिसी स्पोर्टसले शुक्रबारको आफ्नो पहिलो खेलमा गत बर्ष रेलिगेसनबाट मुस्किलले जोगिएको भ्यालेन्सियालाई ३–० ले हराएको थियो ।

मालेस्थित रश्मी धन्डु रंगशालामा भएको खेलमा टिसी स्पोर्टसका लागि पहिलो हाफमा साम्बिल गसिमले गोल गरेका थिए । पहिलो हाफको अन्तिम मिनेटमा भ्यालेन्सियाले बराबरीको अवसर पाएको थियो । तर, किरणले त्यसलाई सफल हुन दिएनन् ।
दोस्रो हाफमा शेख कमल कपको सेमिफाइनलमा मनाङविरुद्ध गोल गरेका नाफिउले र नैज हसेनले १÷१ गोल गरेपछि टिसी स्पोर्टसको जित सह जबनेको थियो ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]