default_image

9 years ago

March 11, 2017

संकटा टुबोर्ग नेपालगञ्ज गोल्ड कपको सेमिफाइनलमा

108 views

0 Bookmark

सौरभ गिरी
नेपालगञ्ज – उत्कृष्ट पुनरागमनका साथ सिएमजी क्लब संकटा टुबार्ग दोस्रो नेपालगञ्ज गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । नेपालगञ्ज रंगशालामा शनिबार विभागिय टोली नेपाल एपिएफ क्लबलाई २–१ ले हराउँदै अन्तिम चारमा पुगेको हो ।

match-sankata-vs-apf-1

राज पौडेलको निर्णायक गोलमा संकटा विजयी भएको थियो । यसअघि तिलोत्तमा गोल्ड कपको क्वार्टरफाइनलमा संकटाले एपिएफलाई हराएको थियो । संकटाले तिलोत्तमा गोल्डकप जितेको थियो । त्यो संकटाको बर्षको तेस्रो उपाधि हो । एपिएफले ५५ औं मिनेटमा लिएको अग्रता जोगाउन सकेन । श्याम नेपालीले एपिएफका लागि गोल गरेका थिए । खेलमा पछि परेपछि सुधारिएको प्रदर्शन गरेको संकटाले ७२ औं मिनेटमा खेल बराबरी गरेको थियो । रवि सिलवालले बराबरी गोल गरेका थिए ।

७६औं मिनेटमा राजले गोल गरे र त्यहि गोल खेलको निर्णायक बन्यो । म्यान अफ द म्याच बनेका राजले लेनोभो मोबाइल प्राप्त गरेका थिए । अघिल्लो दुई दिन सुदूरपश्चिमाञ्चल ११ र नेपाल पुलिस क्लब विजयी हुँदै नेपालगञ्ज गोल्डकपको सेमिफाइनल पुगिसकेको छन् ।

चैत ४ गते हुने फाइनलको विजेताले उपाधि सहित ५ लाख र दोस्रो हुने टोलीले २ लाख ५१ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता अवधिभर खेलाडी, रेफ्री, अफिसियलको दुर्घटना विमा एनएलजी इन्सुरेन्स कम्पनी लिमिटेडले गरेको छ ।

बाँके जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगितामा अखिल नेपाल फुटबल संघ (एन्फा), युवा तथाा खेलकुद मन्त्रालय, मध्यपश्चिमाञ्चल खेलकुद विकास समिति, बाँके जिल्ला खेलकुद विकास समितिको सहकार्य रहेको छ ।
नेपालगञ्ज गोल्ड कपमा आइतबारको खेल
लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीविरुद्ध अग्नी रुपन्देही ११

myan-of-the-match-raj-poudel-sankata1

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.