9 years ago
March 12, 2017
काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकामा जारी फुटबल एक्सचेन्ज कार्यक्रम अन्तर्गत मैत्रीपूर्ण फुटबल श्रृखंलाको दोस्रो खेलमा नेपालले आइतबार जापान यू-१५ को सामना गर्दै छ । खेल कोलोम्बोमा नेपाली समय अनुसार साँझको ७:१५ बाट सुरु हुनेछ ।

तस्बिर: एन्फा
पहिलो खेल खेलेको नेपालले शनिबार भुटान यू-१५ लाइ ७-१ ले हराएको थियो । नेपाली युवा टोलीका तीन फरवार्ड रञ्जन पुन , ब्रिजेश चौधरी र रोशन राना मगरले समान २ गोल गरेका थिए भने अर्को गोल कलोश बखारियालेगरेका थिए । त्यस्तै जापानले आफ्नो अघिल्लो खेलमा शनिबार श्रीलंकालाई ३-१ ले पछि पारेको थियो ।
सुनिल श्रेष्ठको मुख्य प्रशिक्षणमा रहेको टोलीको सहायक प्रशिक्षकमा नबिन महर्जन र सनोज श्रेष्ठ छन् । त्यस्तै टोली अखिल नेपाल फुटबल संघका मनार्थ सदस्य मधुसुदन उपाध्यायको नेतृत्वमा श्रीलंका पुगेको हो ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]