default_image

10 hours ago

December 23, 2025

सविताको घुँडाको सफल शल्यक्रिया

533 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- डेढ महिनाअघि चोटग्रस्त भएकी नेपाली राष्ट्रिय महिला टोली तथा एपिएफ फुटबल क्लबकी मिडफिल्डर सविता राना मगरको आज बायाँ घुँडाको सफल शल्यक्रिया भएको छ।

ललितपुरको सातदोबाटोस्थित बिएन्डबी अस्पतालमा सविताको घुँडाको शल्यक्रिया गरिएको हो। डाक्टर अमित जोशीको टोलीले उनको घुँडाको शल्यक्रिया गरेको बताइएको छ।

डेढ महिनाअघि नेपाल पुलिस क्लबविरुद्ध पहिलो झापा महिला गोल्डकपको फाइनलमा सविताको घुँडामा चोट लागेको थियो ।

एसिएल शल्यक्रियापछि सवितालाई‌ मैदान फर्कन करिब ९ महिना लाग्ने अनुमान गरिएको छ। चोटकै कारण सविताले इन्डोनेसियामा भएको इरान सम्मिलित मैत्रीपूर्ण खेल टोलीसँगै रहेपनि खेलिन् ।

गत साता दशरथ रंगशालामा भएको साफ क्लब महिला च्याम्पियनसिप पनि उनले गुमाएकी थिइन्। सविताको उपचार खर्च अखिल नेपाल फुटबल संघ (एन्फा) ले ब्यहोर्ने जनाइएको छ। 

December 23, 2025

प्रीतिसम्मिलित इत्तिहाद जोर्डन कपको सेमिफाइनलमा

एजेन्सी – नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी मिडफिल्डर प्रीति राई सम्मिलित इत्तिहाद जोर्डन कपको सेमिफाइनलमा पुगेको छ। इत्तिहाद स्टेडियममा भएको हिजो भएको खेलमा अम्मान एफसीसँग २-२ गोलको बराबरी गरेपछि इत्तिहाद अन्तिम चारमा प्रवेश गरेको हो। खेलको सुरुआतमै इत्तिहादले अग्रता लियो। सातौं मिनेटमा ताकी गाजीले कर्नर किकबाट आएको बलमा गोल गर्दै टोलीको अग्रता दोब्बर पारिन् । […]

December 23, 2025

नेयमारको घुँडाको शल्यक्रिया सफल

एजेन्सी – ब्राजिल र सान्तोस फरवार्ड नेयमारको बायाँ घुँडाको सफल शल्यक्रिया भएको छ। उनको घुँडाको मेनिस्कसमा समस्या देखिएपछि अपरेसन गरिएको हो। ३३ वर्षीय नेयमारले कठिन सिजनका बीच पनि चोटग्रस्त हुँदै सान्तोसका लागि खेलेका थिए । क्लबलाई ब्राजिलको शीर्ष लिगबाट रेलिगेसन हुनबाट जोगाउन उनले महत्वपूर्ण भूमिका निभाएका थिए। सान्तोस अनुसार ब्राजिल राष्ट्रिय टोलीका चिकित्सकले नेयमारको आर्थ्रोस्कोपिक […]

December 23, 2025

नापोलीले जित्यो इटालियन सुपर कप

एजेन्सी – नापोलीले बोलोग्नालाई २-० हराउँदै इटालियन सुपर कप जितेको छ। साउदी अरेबियाको रियादमा भएको फाइनल खेलमा नापोलीले उत्कृष्ट प्रदर्शन गर्‍यो। नापोलीको जितमा दुबै गोल डेभिड नेरेसले गरेका थिए। २८ वर्षीय ब्राजिलियन खेलाडी नेरेसले ३९ औं मिनेटमा शानदार गोल गर्दै नापोलीलाई अग्रता दिलाए। ५७ औं मिनेटमा बोलोग्नाका खेलाडीको गल्तीको गर्दा उनले दोस्रो गोल थपे। खेलपछि […]

Success

Thank you for your time.