8 hours ago
December 23, 2025
सुमन अधिकारी, बुटवल
बुटवलमा प्रथम निशान न्यौपाने स्मृति सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ ।
गोर्खा ब्याइज स्पोर्टस क्लब आयोजना सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा झरना स्पोर्टिङ क्लब कुन्जलापुरले एन्फा एकेडेमी रातोलाई २-१ ले पराजित गरेको छ ।

एन्फा एकेडेमीको खेलमैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा झरनाको जितमा अशोक घर्तीले ३४ र ४० औं मिनेटमा गोल गरेका हुन् ।
खेलको दोस्रो हाफको पहिलो मिनेटमा एन्फाका सन्दिप सेजुवालले गोल गरे । खेलमा झरनाका अशोक घर्ती प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।
यसैगरि दोस्रो खेलमा जनज्योती युवा क्लबले न्यु पिएम सप्लायर्सलाई ३-० गोल अन्तरले पराजित गरेको छ । जनज्योतीको जितमा गगन रजाली, अस्मित शर्मा र विजय सुर्यबंशीले गोल गरे । खेलमा जनज्योतीको गोलकिपर सत्यम श्रेष्ठ प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दीर्घबहादुर केसी (कुमार) , रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुन, स्वर्गिय न्यौपानेका बुबा रामप्रसाद न्यौपाने प्रतियोगिताको संयुक्त रुपमा उद्घाटन गरे ।
बुधवार पहिलो खेल गोर्खा ब्वाइज स्पोर्टस र डिफ एफ सि, न्यु होराइजन स्पार्टस क्लब र अमुवा एफ सि, लुम्बिनी सिटी कलेज र इटर स्पोर्टस क्लब तथा सौभाग्य युवा क्लब र भूपु सैनिक स्पोर्टिङकाबीच खेल हुने खेल संयोजक संदिप बउम्बुले जनाएका छन् ।
प्रतियोगिताको विजेता टोलीले उपाधि ६१ हजार र दोस्रो टोली ३५ हजार रुपैयाँ प्राप्त गर्ने क्लबका पूर्वअध्यक्ष दीर्घ बहादुर केसीले बताए । प्रतियोगितामा २० टोलीको सहभागिता छ।
बुटवल एन्फा एकेडेमीका कप्तान समेत रहेका निशान न्यौपानेको गत बर्ष सडक दुर्घटनामा मृत्यु भएको थियो ।
December 23, 2025
एजेन्सी – भारतले महिला टि ट्वान्टी आई सिरिजमा श्रीलंकाविरुद्ध लगातार दोस्रो जित हात पारेको छ। दोस्रो खेलमा आज भारतले ७ विकेटको सहज जित निकाल्दै शृंखलामा २-० को अग्रता बनाएको छ।१ सय २९ रनको लक्ष्य पछ्याएको भारतलर सेफाली वर्माको अर्थशतकका साथ ११.५ ओभरमा ३ विकेट गुमाउँदै जित निकाल्यो । सेफालीले ३४ बलमा ११ चौका १ छक्कासहित […]
December 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले थाइल्याण्डसँग खेल्दै स्वदेशमा आयोजना हुने आइसिसी महिला टि ट्वान्टी विश्वकप ग्लोबल छनोटको यात्रा सुरु गर्ने छ। नेपाल क्रिकेट संघ (क्यान) ले यसै महिनाको अन्तिममा सुरु छनोटको समूह विभाजन र खेल तालिका आज साविक गरेको छ। नेपाल, थाइल्याण्ड रहेको समूह ‘बी’ मा जिम्बावे, नेदरल्यान्ड्स र स्कटल्यान्ड छन् । समूह ‘ए’ मा बंगलादेश, […]
December 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वान डे क्रिकेट एकेडेमीको टोलीले पोखराका विभिन्न टोलीसँग ८ वटा टि ट्वान्टी क्रिकेट खेल्ने भएको छ। कागेश्वरी मनोहरा नगरपालिकामा रहेको वान डे क्रिकेट एकेडेमीले बुधवारदेखि खेल खेल्नेछ। वान डेका अनुसारकास्की क्रिकेट क्लब, पोखरा क्रिकेट एकेडेमी र सेन्ट्रल क्रिकेट एकेडेमीसँग टि ट्वान्टी खेल हुनेछ। यो क्रिकेट सिरिजले खेलाडीको प्रतिभा देखाउने मात्र नभई भविष्यमा […]