default_image

3 hours ago

December 23, 2025

श्रीलंकामाथि भारतको सहज जित

166 views

0 Bookmark

एजेन्सी – भारतले महिला टि ट्वान्टी आई‌ सिरिजमा श्रीलंकाविरुद्ध लगातार दोस्रो जित हात पारेको छ।

दोस्रो खेलमा आज भारतले ७ विकेटको सहज जित निकाल्दै शृंखलामा २-० को अग्रता बनाएको छ।
१ सय २९ रनको लक्ष्य पछ्याएको भारतलर सेफाली वर्माको‌ अर्थशतकका‌ साथ ११.५ ओभरमा ३ विकेट गुमाउँदै जित निकाल्यो ।

सेफालीले ३४ बलमा ११ चौका १ छक्कासहित अविजित ६९ रन बनाइन् । स्मृति मान्दना १४, पहिलो खेलमा‌अर्धशतक बनाएकी जेमिमा रोड्रिग्सले अर्धशतक २७ र कप्तान हरमित कौरले १० रन जोडिन् । रिचा घोष १ रनमा नटआउट रहिन् ।

त्यसअघि श्रीलंकाले‌ ९ विकेट गुमाउँदै १ सय २८ रन बनाएको थियो। श्रीलंकाको ब्याटिङलाई भारतका स्पिनरहरूले नियन्त्रणमा राखे।

वैष्णवी शर्मा र एन. श्री चरानीले समान २ विकेट लिए। दीप्ति शर्माको स्थानमा खेलिरहेकी स्नेह राणाले पनि प्रभावशाली बलिङ गरिन्।

विशाखापट्टनममा भएका २ खेल जित्दै भारतले सिरिजमा २-० को अग्रता लिएको छ। बाँकी ३ खेल थिरुवनन्तपुरममा हुनेछन्।

December 23, 2025

निशान न्यौपाने स्मृति फुटबल सुरु

सुमन अधिकारी, बुटवल बुटवलमा प्रथम निशान न्यौपाने स्मृति सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ । गोर्खा ब्याइज स्पोर्टस क्लब आयोजना सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा झरना स्पोर्टिङ क्लब कुन्जलापुरले एन्फा एकेडेमी रातोलाई २-१ ले पराजित गरेको छ । एन्फा एकेडेमीको खेलमैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा झरनाको जितमा अशोक घर्तीले ३४ र ४० औं मिनेटमा […]

December 23, 2025

टि ट्वान्टी ग्लोबल छनोट – नेपालको पहिलो खेल थाइल्याण्डसँग

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले थाइल्याण्डसँग खेल्दै स्वदेशमा आयोजना हुने आइसिसी महिला टि ट्वान्टी विश्वकप ग्लोबल छनोटको यात्रा सुरु गर्ने छ‌। नेपाल क्रिकेट संघ (क्यान) ले यसै महिनाको अन्तिममा सुरु छनोटको समूह विभाजन र खेल तालिका आज साविक गरेको छ। नेपाल, थाइल्याण्ड रहेको समूह ‘बी’ मा जिम्बावे, नेदरल्यान्ड्स र स्कटल्यान्ड छन् । समूह ‘ए’ मा बंगलादेश, […]

December 23, 2025

वान डे क्रिकेट एकेडेमीले पोखरामा टि ट्वान्टी खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- वान डे क्रिकेट एकेडेमीको टोलीले पोखराका विभिन्न टोलीसँग ८ वटा टि ट्वान्टी क्रिकेट खेल्ने भएको छ। कागेश्वरी मनोहरा नगरपालिकामा रहेको वान डे क्रिकेट एकेडेमीले बुधवारदेखि खेल खेल्नेछ। वान डेका अनुसारकास्की क्रिकेट क्लब, पोखरा क्रिकेट एकेडेमी र सेन्ट्रल क्रिकेट एकेडेमीसँग टि ट्वान्टी खेल हुनेछ। यो क्रिकेट सिरिजले खेलाडीको प्रतिभा देखाउने मात्र नभई भविष्यमा […]

Success

Thank you for your time.