9 years ago
March 24, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान विराज महर्जन फिलिपिन्सविरुद्ध जितका लागि खेल्ने बताएका छन् । शनिबार फिलिपिन्स जाने टोलीलाई शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले विदाई गरेपछि विराजले भने, ‘फिलिपिन्सविरुद्ध जितका लागि खेल्नेछौ । नसके बराबरी गर्ने हाम्रो लक्ष्य हो । फिलिपिन्सविरुद्ध खेल्नुअघि मैत्रीपूर्ण खेल नहुदा केही अप्ठेरो त भएको छ । तर पनि हामी उत्कृष्ट प्रदर्शनको प्रयास गर्नेछौं ।’

एएफसी एसियन कप छनोट चरणको पहिलो खेलको नेपाल र फिलिपिन्सबीच चैत १५ गते रिजाल मेमोरिया रंगशालामा हुनेछ । शनिबार फिलिपिन्स जाने ३१ सदस्यीय नेपाली टोलीलाई युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाली, एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठलगायतले विदाई गरेका थिए । नेपाली टोली शनिबार राती ११ बजे फिलिपिन्सका लागि उड्नेछ ।
नेपाली टोली जापनिज मुख्य प्रशिक्षक ग्यातोकी कोजीले फिलिपिन्ससँगको खेलका लागि टोली तयार रहेको बताएका छन् । ‘ खेलाडीले मिहेनत गरेको छन् । फिलिपिन्सलाई हराउने लक्ष्य छ ’ प्रशिक्षक कोजीले भने, ‘पछिल्ला तीन भेटमा नेपाल फिलिपिन्ससँग पराजित भएपनि लगतारको तीन उपाधिले नेपालको मनोवल उच्च छ । नेपाली टिममा पराजित गर्ने क्षमता छ । यद्दपी फिलिपिन्स कमजोर टोली होइन । ’ टोली प्रशिक्षक राजुकाजी शाक्यले फिलिपिन्सको मौसममा घुलमिल हुन सके नेपालले फिलिपिन्सलाई हराउने विश्वास व्यक्त गरे ।
युवा तथा खेलकुद मन्त्री श्रीपालीले टोलीलाई जितको शुभकामना दिदै खेलले नै राष्ट्रको प्रतिष्ठा बढाएको बताए । ‘एएफसी कपबाट बाहिरिसकेको अवस्थामा पुन मौका पाउनु नेपालको लागि ठुलो कुरा हो । फिलिपिन्सलाई पराजित गर्नेमा ढुक्क छु ’ मन्त्री श्रीपालीले भने, ‘पछिल्लो एक वर्षको तीन उपाधिले पनि नेपाललाई एसियन कप जस्तो ठुलो प्रतियोगिता खेल्ने मौका जुरेको हुनुपर्छ । यसका लागि सरकार र युवा तथा खेलकुद मन्त्रालय सदैव साथमा छ ।’
मन्त्री श्रीपालीले भौतिक पूर्वाधार अभावका कारण मैत्रीपूर्ण खेल खेल्न नपाएपनि फिलिपिन्सपछिको खेलपछि भने दोस्रो चरणको खेल घरेलु मैदानमै गराउने प्रतिबद्धता व्यक्त गरे । यसका लागि युवा तथा खेलकुद मन्त्रालयले दशरथ रंगशालाको भौतिक पूर्वाधारको पूर्ननिर्माणका लागि बजेट विनियोजन गरिसकेको समेत बताए ।
एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठले तयारी सन्तोषजनक नरहेपनि नेपाली टोलीबाट सुखद नतिजाको अपेक्षा गरिएको बताए । ‘ फिलिपिन्स नेपाल भन्दा बलियो टिम हो । एसियन कपले बलियो टोलीविरुद्ध खेल्ने मौका जुराएको छ ’ अध्यक्ष श्रेष्ठले भने, ‘विपक्षी टिम जति नै बलियो भएपनि उनीहरुलाई पराजित गर्ने लक्ष्यका साथ खेल्न खेलाडीहरुलाई आग्रह गर्दछु ।’
नेपाली राष्ट्रिय फुटबल टोली
गोलकिपर – किरण चेम्जोङ, विकेश कुथु र विशाल श्रेष्ठ
रक्षक– डिफेन्समा विराज महर्जन, रविन श्रेष्ठ, अनन्त तामाङ, आदित्य चौधरी, कमल श्रेष्ठ, रन्जित धिमाल, जितेन्द्र कार्की
मिडफिल्ड – रोहित चन्द, विशाल राई, हेमन गुरुङ, विक्रम लामा, अञ्जन बिष्ट र सुजल श्रेष्ठ,
फरवार्ड – विमल घर्तीमगर, भरत खवास, रन्जन विष्ट र कर्ण लिम्बू
प्रशिक्षक टोली – प्रशिक्षक ग्यातोकी कोजी (मुख्य) , राजुकाजी शाक्य (प्रशिक्षक), उज्ज्वल मानन्धर ( गोलकिपिङ प्रशिक्षक)
व्यवस्थापक – विराटजंग शाही
चिकित्सक – राजु डंगोल



December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]