9 years ago
March 25, 2017
दिपक न्यौपाने
बुटबल – फर्साटिकर एफसी सैनामैना गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । सुनौलो संगम युवा क्लब देविनगरलाई शनिबार २–१ ले हराउँदै फर्साटिकर उपाधि नजिक पुगेको हो । फर्साटिकरले मंगलबार उपाधिका लागि देशभक्त भैरव एफसीको सामना गर्नेछ ।

सुजन रानाको गोलबाट छैटौं मिनेटमा अग्रता लिएको फर्साटिकरका लागि आठौं मिनेटमा मुकेश कुँवरले गोल गरेका थिए । दोस्रो हाफको ३२ औं मिनेटमा सुनौलो संगमका लागि विश्वास श्रेष्ठले गोल फर्काएका थिए । फर्साटिकरका सुजन खेलको म्यान अफ दी म्याच घोषित भए । देशभक्तले शुक्रबार कपिलबस्तु युनाइटेडलाई ३–१ ले हराउँदै अन्तिम दुईको यात्रा तय गरेको थियो ।
जनप्रिय स्पोर्टस क्लब देवापारको आयोजनामा रुपन्देहीको सैनामैना वडा नं ७ मा जारी प्रतियोगितामा आइतबार भने आयोजक र पत्रकारबीच मैत्रीपूर्ण खेल राखिएको बताइएको छ । सैनामैना नगरपालीकाको संरक्षणमा सन्चालित प्रतियोगिताको विजेताले १ लाख १७ हजार तथा दोस्रो हुने टोलीले ५८ हजार रुपैयाँ प्राप्त गर्नेछन् । सेमिफाइनलमा पराजित हुने दुई टोलीले समान १२ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]