default_image

9 years ago

March 25, 2017

सुरेन्द्रको उपस्थितिमा पूर्वाञ्चल बार्सा फ्यान क्लब गठन

87 views

0 Bookmark

इटहरी (हाम्रो खेलकुद) – राष्ट्रिय टोलीका पूर्व खेलाडी सुरेन्द्र तामाङको प्रमुख अतिथि रहेको पूर्वाञ्चल बार्सिलोना फ्यान क्लबको भेलाले शनिबार सञ्जिव शाख्यको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको छ ।

barcelona-nepal-purwanchal

सय भन्दा बढी समर्थकहरुको भेलाले विप्लब दहाललाई उपाध्यक्ष अभिषेक शर्मालाई सचिव, नवराज खड्कालाई सह सचिव र कौशिला खड्कालाई कोषाध्यक्षमा चयन गरेको छ । समितिका सदस्यमा मनीष कोइराला, पुजा अधिकारी, रविन गुरुङ, रुद्र थापा र सुरक्षा पराजुली छन् । समितिको सल्लाहकारमा सुरेन्द्र तामाङ रहेका छन् ।

बार्सा नेपालका सदस्य सीताराम दहाल र विजय अधिकारीले पूर्वाञ्चलका समर्थकलाई ब्याच वितरण गरेका थिए । सो अवसरमा बार्सिलोनाका स्टारत्रय लियोनल मेस्सी, नेयमार र लुइस स्वारेजको हस्ताक्षरित जर्सी प्रदर्शन गरिएको थियो ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.