default_image

9 years ago

March 26, 2017

नेपाली फुटबल टोली फिलिपिन्स पुग्यो

132 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोटका लागि नेपाली फुटबल टोली आज बिहान फिलिपिन्स पुगेको छ। त्रिभुवन विमानस्थलबाट गए राती मनिलाको लागि उडेको टोली हङकङ हुँदै त्यहाँ पुगेको हो । नेपाल र फिलिपिन्सबीच मंगलबार रिजाल रंगशालामा प्रतिस्पर्धा हुनेछ । 

national-team

कात्तिकको अन्त्यमा एएफसी सोलिडारिटी कप जितेको र ग्वामले भाग लिन नपाउने भएपछि नेपालले फेरी एकपटक एसियन कप छनोट खेल्ने अवसर पाएको हो । झन्डै ५ महिनापछि नेपाली टोली मैदान उत्रने तयारीमा छ । समूह एफमा नेपाल र फिलिपिन्ससहित यमन र ताजकिस्तान रहेका छन् ।

नेपाली राष्ट्रिय फुटबल टोली
गोलकिपर – किरण चेम्जोङ, विकेश कुथु र विशाल श्रेष्ठ
रक्षक– डिफेन्समा विराज महर्जन, रविन श्रेष्ठ, अनन्त तामाङ, आदित्य चौधरी, कमल श्रेष्ठ, रन्जित धिमाल, जितेन्द्र कार्की
मिडफिल्ड – रोहित चन्द, विशाल राई, हेमन गुरुङ, विक्रम लामा, अञ्जन बिष्ट र सुजल श्रेष्ठ,
फरवार्ड – विमल घर्तीमगर, भरत खवास, रन्जन विष्ट र कर्ण लिम्बू
प्रशिक्षक टोली – प्रशिक्षक ग्यातोकी कोजी (मुख्य) , राजुकाजी शाक्य (प्रशिक्षक), उज्ज्वल मानन्धर (गोलकिपिङ प्रशिक्षक)
व्यवस्थापक – विराटजंग शाही
चिकित्सक – राजु डंगोल

nepal

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.