default_image

9 years ago

March 26, 2017

आर्मी नेपाल कप भेट्रान फुटबलको सेमिफाइनलमा

131 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– साविक विजेता त्रिभुवन आर्मी क्लब दोश्रो नेपाल कप भेट्रान फुटबल प्रतियोगितामा सेमिफाइनलमा पुगेको छ । ढोलाहिटी युथ क्लबलाई आइतबार ३–१ ले हराउँदै आर्मीले अन्तिम चारको यात्रा तय गरेको हो ।

army

आर्मीका लागि नरेन्द्र खवास, श्रवण विष्ट र सिजर गुरुङले गोल गरे । ढोलाहिटीका विजय गुरुङले गोल फर्काए । ढोलाहिटीका लालबहादुर लिम्बु खेलको म्यान अफ दी म्याच चुनिए ।

स्पोर्ट्स फर अल क्लब, नेपाल र राष्ट्रिय खेलकुद संघ नेपालको संयुक्त आयोजनामा जारी प्रतियोगिताको सेमिफाइनलमा आर्मीले कैलालीको साइनिङ सन स्टार क्लब र सानो गौचरनको नाइट किङ क्लबको विजेतासँग खेल्नेछ । ब्वाइज स्पोर्ट्स क्लब, काठमाडौंले यसअघि नै सेमिफाइनल पुगिसकेको छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.