default_image

9 years ago

April 14, 2017

शिक्षा र फुटबल संगै लैजानु पर्छ –विराज

174 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान विराज महर्जनले शिक्षा र फुटबललाई सँगसँगै लैजानु पर्ने बताएका छन् । पोखराको मालेपाटन युथ एकेडेमीका बालकहरुलाई शुक्रबार अभिप्रेरित गर्दै उनले भने, ‘एउटा राम्रो व्यवसायीक फुटबल खेलाडी बन्नका लागि शिक्षाको पनि त्यतिकै महत्वपुर्ण रहन्छ ।’

एकेडेमीका बालबालिका नयाँ बर्षको शुभकामना दिदै विराजले भने ‘खेलाडीले अनुशासान र प्रतिवद्धतालाई आत्मसात गर्नुपर्दछ ।’ माले पाटन क्लब र मधु प्रतिष्ठानले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा मधु प्रतिष्ठानले पोखरा ११ का खेलाडी विष्णु गुरुङलाई ५० हजार रुपैयाँ प्रदान गर्यो ।

विष्णुले एकेडेमी पोखराको मालेपाटनमा संचालनमा ल्याएका हुन । उनले प्राप्त रकम बाट एकेडेमीमा रहेका बालबालिका लागि खेलकुद सामाग्री किन्न र केही रकम मालेपाटन खेल मैदान मर्मतका लागि खर्च गर्ने बताए ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष प्रभेश कायस्थले बालबालिकाको हित र खेलकुद विकासका लागि सवै संग मिलेर काम गर्ने बताए । उनले बालबालिका लागि खेलकुदमा राम्रो कार्य गर्ने कुनै पनि संस्थालाई हरेक महिना सहयोग गर्ने जानकारी दिए ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.