default_image

9 years ago

April 16, 2017

रेडहर्स इलाम पाँचथर गोल्ड कपको सेमिफाइनलमा

187 views

0 Bookmark

दिपक बोहोरा

फिदिम – रेडहर्स इलाम पाँचथर गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । डिएफसी मोरङलाई आइतबार ३–१ ले हराउँदै रेडहर्स इलाम अन्तिम चारमा प्रवेश गरेको हो । १–० ले पछि परेको खेल उल्टाउँदै रेडहर्सले जित हासिल गरेको थियो ।

Red Horse

फिदिम उच्च माविको मैदानमा आठौं मिनेटमा रोजिन धिमालले गोल गर्दै मोरङलाई अग्रता दिलाए । तर टोलीले अग्रतालाई जोगाउन सकेन । खेलको ३५ औं मिनेटमा मनीष थापाले गोल गर्दै इलामलाई खेलमा फर्काएका थिए । ५७ औं मिनेटमा पासाङ शेर्पाको गोलबाट इलामले अग्रता लियो । इन्जुरी समयमा मनीषले अर्को गोल थप्दै इलामलाई जित दिलाए । खेलको ५४ औं मिनेटमा दुवै टोली १० खेलाडीमा सिमित भएको थियो । इलामका अविनाश लिम्बु र मोरङका पुनज उपरकोटीले रातो कार्ड पाएका थिए ।

इलामका मनीष खेलको म्यान अफ दी म्याच घोषित भए र उनले २ हजार रुपैयाँ प्राप्त गरे । इलामले अब सेमिफाइनलमा विर्ता युनाइटेड र मिसन युनाइटेड ताप्लेजुङबीचको विजेतासँग खेल्नेछ ।

पाँचथर गोल्ड कप फुटबलमा सोमबारको खेल : पथरी स्पोर्टिङ क्लब र नेपाल प्रहरी पूर्वाञ्चल

December 17, 2025

चेल्सी लिग कपको सेमिफाइनलमा

एजेन्सी – चेल्सीले कार्डिफ सिटीलाई ३-१ ले पराजित गर्दै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। यो जितसँगै चेल्सी सेमिफाइनल पुग्ने पहिलो टोली बनेको हो। खेलको दोस्रो हाफमा मैदान प्रवेश गरेका आलेहान्द्रो गार्नाचो र पेद्रो नेटो चेल्सीका लागि निर्णायक बने। शनिबार एभर्टनविरुद्ध जितपछि प्रशिक्षक एन्जो मारेस्काले टोलीमा धेरै परिवर्तन गरेका कारण चेल्सीले सुरुवातमा लय समात्न सकेन। […]

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

Success

Thank you for your time.