default_image

9 years ago

October 13, 2015

थ्रिस्टार उपाधिबाट एक अंक टाढा

रेडबुल राष्ट्रिय लिग अन्तर्गत आज भएको खेलमा थ्रि स्टारले ए.पि.एफ विरुद्ध ३-१को जित दर्ता गरेको छ| ओलावाले अफिजको पहिलो हाफको दुई गोलको मद्दतले थ्रि स्टारले उपाधि होडमा आफ्नो स्थान मजबुत बनाउन सफल रह्यो| अफिजले खेलको पाचौं मिनेटमा गोल गर्दै थ्रि स्टारलाई अग्रता दिलाएका थिए| विभागिय टोलीका अधिकाशं खेलाडीलाई पहिलो रोजाईमा उतारेको ए.पी.एफले २४औं मिनेटमा अफिज […]

41 views

0 Bookmark

रेडबुल राष्ट्रिय लिग अन्तर्गत आज भएको खेलमा थ्रि स्टारले ए.पि.एफ विरुद्ध ३-१को जित दर्ता गरेको छ|

Olawale Afeez

ओलावाले अफिजको पहिलो हाफको दुई गोलको मद्दतले थ्रि स्टारले उपाधि होडमा आफ्नो स्थान मजबुत बनाउन सफल रह्यो| अफिजले खेलको पाचौं मिनेटमा गोल गर्दै थ्रि स्टारलाई अग्रता दिलाएका थिए| विभागिय टोलीका अधिकाशं खेलाडीलाई पहिलो रोजाईमा उतारेको ए.पी.एफले २४औं मिनेटमा अफिज मार्फतमै दोश्रो गोल खायो|

पहिलो हाफमा केहि फितलो देखिएको ए.पि.एफले दोश्रो हाफमा  राम्रो सुरुवात गर्यो| कप्तान गणेश लावतिले काउन्टर अट्याकमा गोल गर्दै ५०औं मिनेटमा गोल फर्काए| खेलमा बारम्बार राम्रो मुभ बनाइरहेको ए.पि.एफलाई ६७औं मिनेटमा विजय गुरुङको गोलसंगै खेलमा फर्कन गाह्रो भयो| अन्तत त्यहि गोल अन्तिम साबित भयो र थ्रि स्टार उपाधिबाट एक अंक टाढा रह्यो|

मनाङ र आर्मीले पुलिस विरुद्ध जित हात पारेपनि थ्रि स्टारले अन्तिम खेलमा एक अंक हात पारे उपाधि जित्नेछ| थ्रि स्टार र आर्मीको खेलमा थ्रि स्टार हेड टु हेडमा अवे गोलका आधारमा अगाडी छ|

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्धको एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधवार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप गुआर्डिओलाले […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १–० ले पछि परेको स्थिति उल्ट्याएर अल फयामाथि ३–१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले दुई तथा अब्दुलेह अल एम्रीले एक गोल गरे । अल फयाका फेसन […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.