default_image

9 years ago

April 21, 2017

रविनले घुँडाको शल्यक्रिया गराए, कम्तिमा सात महिना मैदान बाहिर

159 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – राष्ट्रिय टोलीका भरपर्दा डिफेन्डर रविन श्रेष्ठले हिजो घुँडाको चोटको शल्यक्रिया गरेका छन्। चैत १५ गते फिलिपिन्सविरुद्ध एसियन कप छनोट चरणअन्तर्गत समूहको पहिलो खेलका दौरान उनको घुँडामा चोट लागेको थियो । 

फाइल तस्बिर

मेडिकल भाषामा ए.सी.एल. च्यातिएको भनिने सो भाग फुटबलमा भैरहने घुँडाको चोट हो| शल्यक्रियासंगै रविनले कम्तिमा सात महिना आराम गर्नुपर्नेछ। गत महिना फिलिपिन्स विरुद्ध एएफसी एसियन कपको छनोट चरण अन्तर्गत मनिलामा पहिलो खेल खेल्दा अन्तिम समयमा चोट बोकेका रविनले त्यसयता विश्राम लिएका थिए।

नेपालले जितेको बंगबंधु गोल्ड कप र एएफसी सोलिडारिटी कपमा महत्वपूर्ण भूमिका निभाएका रविन हाल नेपाल पुलिस क्लबमा आवद्ध छन्। नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्दले पनि यसै चोटका कारण गत साल पुरै विश्राममा बस्नु परेको थियो। रोहितले १४ महिनापछि फिलिपिन्सविरुद्धकै खेलबाट राष्ट्रिय टोलीमा पुनरागमन गरेका थिए।

हाम्रो खेलकुद डट कम टोली रविनको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ!

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.