default_image

7 years ago

June 2, 2017

बारा र इलाम विजयी

काठमाडौँ (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघको कार्यक्रम अुनसार पाल्पा र स्याङ्गजा जिल्ला फुटबल संघको समन्वयमा संचालन भईरहेको एन्फा महिला लिग च्याम्पियनसीप फुटबल प्रतियोगिता २०७४ अन्तर्गत  पाल्पामा आज भएको पहिलो खेलमा उदयपुर महिला फुटबल टिमले चितवन महिला फुटबल टिमलाई ५–० गोलले पराजित गरेको छ । उदयपुरका लागि सृजना चेम्जोङ्गले २३, ४६ र ६३ औं […]

20 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघको कार्यक्रम अुनसार पाल्पा र स्याङ्गजा जिल्ला फुटबल संघको समन्वयमा संचालन भईरहेको एन्फा महिला लिग च्याम्पियनसीप फुटबल प्रतियोगिता २०७४ अन्तर्गत  पाल्पामा आज भएको पहिलो खेलमा उदयपुर महिला फुटबल टिमले चितवन महिला फुटबल टिमलाई ५–० गोलले पराजित गरेको छ । उदयपुरका लागि सृजना चेम्जोङ्गले २३, ४६ र ६३ औं मिनेटमा, रेश्मा खत्रीले ३७ औं मिनेटमा तथा सरस्वती चौधरीले ७३ औं मिनेटमा गोल गरेका थिए ।

दोश्रो खेलमा ताप्लेजुङ्ग महिला फुटबल टिमले सिन्धुली महिला फुटबल टिमलाई ८–० गोलले पराजित गरेको छ । ताप्लेजुङ्गका लागि गिता रानाले १८, ४३ र ६६ औं मिनेटमा, अनिता बस्नेतले ४०+१, र ४९ औं मिनेटमा, रेखा लिम्बूले २१ र ७४ औं मिनेटमा तथा अनुष्का शेर्पाले ५ औं मिनेटमा गोल गरेका थिए ।

तेश्रो खेलमा सिन्धुपाल्चोक महिला फुटबल टिम र सप्तरी महिला फुटबल टिम बिच गोलरहित बराबरीमा समाप्त भएको छ ।

त्यस्तै आजै भएको स्याङ्गजा तर्फको पहिलो खेलमा ईलाम महिला फुटबल टिमले नुवाकोट महिला फुटबल टिम लाई ६–० गोलले पराजित गरेको छ । ईलामका लागि पप्पु सुरुचीले ४३, ६० र ६४ औं मिनेटमा, सुस्मिता तामाङ्गले २२ औं मिनेटमा, तेज कुमारी गुरुङ्गले ३८ औं मिनेटमा तथा एन्जिला सुब्बाले ३५ औं मिनेटमा गोल गरेका थिए ।

मोरङ्ग महिला फुटबल टिम र बर्दिया महिला फुटबल टिम बिचको दोश्रो खेल प्राविधिक कारणवश (वर्षाको कारणले) स्थगित भएको थियो ।

तेश्रो खेलमा बारा महिला फुटबल टिमले धनुषा महिला फुटबल टिमलाई ८–० गोलले पराजित गरेको छ । बाराका लागि तारा थिङ्गले ७, १८, २२, ४० र ७९ औं मिनेटमा, अन्जना तामाङ्गले ५० र ५८ औं मिनेटमा तथा निशा गुरुङ्गले ११ औं मिनेटमा गोल गरेका थिए ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.