बिबिसिसँग दिएको अन्तर्वातामा राष्ट्रिय टोलिका नव-नियुक्त प्रशिक्षक प्याट्रिक ओजेम्स खेलाडीहरुको नैतिकताले उनिहरुलाई मनपरी गर्न नदिने कुरा ब्यक्त गरेका छन ।
नेपालको म्याच फिक्सिङ सन्दर्भमा बिबिसिसँग दिएको अन्तर्वातामा उनि लगायत सम्पुर्ण नेपाली समर्थकलाई यो समाचारले चकित बनएको बताएका छन ।
” म लगायत सम्पूर्ण नेपाली समर्थक हरु यो खबर बाट चकित भएका छन ” , ओजेम्सले बिबिसिसँग भने ।
“खेलाडी हरुको नैतिकता ले उनि हरुलाई मनपरी गर्न दिदैन , उनिहरुले नियम पालाना गर्नु पर्ने हुन्छ ” , उनले थपे ।
“आसा गर्दछु मेरो टिममा अरु कसैको संलग्नता छैन । अहिलेको स्थितिमा मेरो काम फिल्डमा हुनको साथै फिल्ड बाहिर खेलाडीहरुको सोचलाई सकारात्मक बनाउने पनि हो ” , उनले भने ।
उनको ३० बर्षको फुटबल करिएरमा उनाले यस्तो कहिल्यै अनुभव नगरेको बाताए ।