8 years ago
June 25, 2017
एजेन्सी – युरोपेली यू२१ च्याम्पियनसिप अन्तर्गत शनिबार राती भएको खेलमा जर्मनीलाई १-०ले पराजित गर्दै इटाली यू-२१ले सेमिफाइनलमा स्थान बनाएको छ।

इटालीको जितमा फेडेरिको बर्नानडेस्चीको गोल निर्णायक सावित भएको थियो। उनले खेलको ३१औं मिनेटमा गोल गर्दै टोलीको सेमिफाइनल यात्रा पक्का गरेका थिए। यस जितसँगै जर्मनी र इटाली दुवैको समान ६/६ अंक भएको छ। हेड टु हेडका आधारमा इटाली शीर्षस्थानमा रहँदै सेमिफाइनल पुगेको हो। यसैगरी जर्मनी पनि उत्कृष्ट उपविजेताको रुपमा दोश्रो चरणमा प्रवेश गरेको छ।
यससँगै स्लोभाकियाको सेमिफाइनल पुग्ने सम्भावना भने सकिएको छ। पोर्चुगल पनि समूह उपविजेता बन्दै प्रतियोगिताबाट बाहिरिएको थियो।
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]