8 years ago
June 25, 2017
एजेन्सी – सन् २००३को ट्रान्सफर विन्डोको बेलामा बार्सिलोनाले म्यानचेस्टर युनाइटेडका स्टार डेबिड बेकह्यामलाई भित्र्याउन सबै प्रक्रिया पुरा हुँदापनि अन्तमा खेलाडीले चाह नदेखाएको खुलासा भएको छ। बार्सिलोना र युनाइटेडले सबैखाले सहमति जनाएपनि बेकह्यामले भने अन्तिम समयमा रियल म्याड्रिड रोजेका थिए।

बार्सिलोनाका त्यसबेलाका अध्यक्षका प्रत्यासी जोआन लापोर्टाले स्पेनिस पत्रिकालाई उदृत गर्दै बेकह्यामले रियलमा अनुबन्धित हुन बार्सिलोनाको प्रयोग गरेको बताएका हुन्। “हामीले क्लबसँग सबैखाले सहमति पुरा गरिसकेका थियौं। हामीले एजेन्टसँग भेटेर अन्तिम निर्णय लिन बाँकी रहेको अवस्थामा बेकह्यामले जवाफ दिन चाहेनन्। उनले कुनै निर्णय नदिएपनि त्यसको बारेमा सोच्ने बताए। तर धेरै समय कुरेपछि हामी आजित भएर रोनाल्डिन्होलाई रोज्न बाध्य भयौं।”
उनले त्यसको केहि समयमै रियल म्याड्रिडमा अनुबन्धन गरेका थिए। बेकह्यामले रियल म्यद्र्दीमा ४ सिजन बिताउँदै जम्मा १ ला लिगा उपाधि ज्नित्न सफल रहे। उनको स्थानमा बार्सिलोनाले भित्र्याएको खेलाडी रोनाल्डिन्होले त्यसै समयमा २ ला लिगा उपाधि, एकपटक च्याम्पियन्स लिग र २ पटक विश्वको उत्कृष्ट खेलाडी जित्न सफल रहे।
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]