8 years ago
June 27, 2017
एजेन्सी – पोर्चुगलको राष्ट्रिय फुटबल टोलीका कप्तान एवं स्पेनी क्लब रियल म्याड्रिडका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो हाल आफ्नो राष्ट्रको लागि फिफा कन्फेडेरेसन कप खेलिरहेका छन्। जारी प्रतियोगिताको समूह चरणका तिन खेलमा रोनाल्डोले २ गोल र एक असिस्टको योगदान दिएका छन्।

३२ वर्षीय फरवार्ड रोनाल्डो सन् २००९मा म्यानचेस्टर युनाइटेड छाडेर रियल म्याड्रिड पुगेका थिए। त्यसअघि सन् २००३ देखि २००९ सम्म रोनाल्डोले सर एलेक्स फर्गुसनको प्रशिक्षकत्वमा म्यानचेस्टर युनाइटेडबाट खेलेका थिए। युनाइटेडबाट उत्कृष्ट प्रदर्शन गरेका रोनाल्डोले प्रिमियर लिगमा एकै सिजनमा ४० गोल गर्ने किर्तिमान पनि कायम गरेका थिए। रोनाल्डो लेफ्ट विङ्गरको रुपमा खेल्दै आफ्नो करियरमा धेरै यस्ता किर्तिमान आफ्नो नाम लेखाएका छन्।
हाल पोर्चुगलबाट खेल्दा मुख्य स्ट्राइकर (नम्बर ९)को भूमिका निभाइरहेका रोनाल्डो त्यस भूमिकामा खुसि नरहेको उनीसँगै म्यानचेस्टर युनाइटेडबाट खेलेका रियो फर्डीनान्डले बताएका छन्। ‘उनि मुख्य स्ट्राइकरका रुपमा खेल्दा खुसि देखिंदैनन्। विंगरका रुपमा खेल्दा पाइने समय र ठाउँ उनले स्ट्राइकर खेल्दा पाउँदैनन्। विंगरको भूमिकामा खेल्दा रोनाल्डोले मैदानको छेउबाट भित्रतर्फ बल ल्याउने कला अद्भुत छ। त्यो कला बिचमा खेल्दा बिरलै देख्न पाइन्छ।’
‘रोनाल्डोले बल पाउँदा विपक्षी खेलाडीहरुलाई बल फुस्काउन निकै गार्हो हुन्छ। उनले जस्तोसुकै परिस्थितिमा पनि गोल वा असिस्ट गर्ने क्षमता राख्दछन्। अहिलेको अवस्थामा उनिजस्तो खेलाडी सायदै यस संसारमा अरु कोहि होलान्।’
पोर्चुगलले बुधबार हुने सेमिफाइनलमा चिलीको सामना गर्दैछ। रोनाल्डोले अर्को सिजन रियल म्याड्रिड छाड्ने हल्ला व्यापक रहेको बेलामा युनाइटेड फर्कने सम्भावना बलियो रहेको बुझिएको छ।
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]